अन्तरवार्ता

र्‍यापर ‘भिटेन’ पक्राउ

काठमाडौँ — ‘हामी यस्तै त हो नि ब्रो …’ बोलको र्‍याप गीत गाएर चर्चामा आएका भिटेन भनिने समिर घिसिङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । महाशाखाका एसएसपी सहकुल थापाले भिटेन पक्राउ परेको र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए ।

चर्चामा रहेको उनको गीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीतको गीत रहेको भन्दै उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ। महाशाखाका एसएसपी सहकुल थापाले भिटेन पक्राउ परेको र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए।

रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए।

प्रहरीले केही दिनअघि मात्रै ‘ह्याप्पी तिहार, चिसो बियर…’ भन्दै गीत गाएका दुर्गेश थापालाई पनि नियन्त्रणमा लिएर गीतबाट केही शब्द हटाउने सर्तमा छोडीदिएको थियो।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here