बेसीसहर : रेविज संक्रमणबाट एक बालकको मृत्यु भएपछि लमजुङ सदरमुकाम बेसीसहरमा भुस्याहा कुकुर मार्न थालिएको छ
।बेसीसहर नगरपालिकाले सरोकारवालाहरुसँग समन्वय गरी सदरमुकाम भित्रका भुस्याहा कुकुर मार्न थालेको हो । रेविज संक्रमित कुकुरको टोकाइबाट केही दिनअघि बेसीसहर बस्दैआएका मस्र्याङ्दी गाउँपालिका–३ खुदीका १२ वर्षीय सोदिप तामाङको मृत्यु भएको थियो ।
रेविज संक्रमित कुकुरले अन्य बालकालिकालाई पनि टोक्न थालेपछि भुस्याहा कुकुर मार्न थालिएको नगरपालिकाले जनाएको छ । बेसीसहर बजारमा रातिको समयमा टोली परिचालन गरी विष खुवाएर सडकमा भेटिएका कुकुरहरु मार्न थालिएको छ ।
Leave a Reply