हेमजा, २३ साउन
माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोकस्थित महेन्द्र माविमा बिहीबार लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम भएको छ । सामुदायिक प्रहरी सेवा एवं सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दिपक थापाले कार्यक्रम फलदायी हुनुपर्ने भन्दै अपराधको मुख्य कारण भनेको लागुऔषध भएको बताए ।
उनले भने साथी संगीको लह लहैमा लागेर लागूऔषध दुब्र्यसनीमा फस्ने भनेको किशोर अवस्था भएकोले विद्यार्थी जीवनमा नै सचेत हुन आग्रह गरे ।
विद्यालयका प्राचार्य गोविन्द अधिकारीले विद्यार्थीलाई सचेत बनाउन अभिभावकको मुख्य भूमिका रहने बताए । प्रहरी नायव निरीक्षक विद्याधर त्रिपाठीले सहजिकरण गरेको कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्यनरत ७५ विद्यार्थी सहभागी थिए ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य एवं कार्यक्रम संयोजक वसन्त बाँस्तोलाले र सञ्चालन महासचिव उत्तम जोसीले गरेका थिए ।
Leave a Reply