अन्तरवार्ता

लाग्राण्डीमा एकेडेमिक एक्सिलेन्स

पोखरा, ३० कात्तिक

लाग्राण्डी इन्टरनेशनल कलेजले आफ्ना विद्यार्थीहरुलाई एकेडेमिक एक्सिलेन्स तालिम प्रदान गरेको छ । कलेजको स्नातक तहमा भर्ना भएका पहिलो सेमेष्टरका विद्यार्थीहरुलाई लक्षित गरेर विद्यार्थीहरुलाई आफ्ना साथीहरुको बारेमा, आफ्नो सकारात्मक पक्ष र सुधारात्मक पक्षको बारेमा जानकारी गराएको थियो । विद्यार्थीहरुको क्षमता एवं इच्छाका आधारमा लक्ष्य निर्धारण गर्न, त्यसका लागि चाहिने समयका लागि समय व्यवस्थापनसँगसँगै जीवनका हरेका क्षणमा साथ दिने बुबाआमा र सहि दिशानिर्देश गर्ने शिक्षकशिक्षिकाको भूमिकाका बारेमा विभिन्न क्रियाक्रलापका माध्यमबाट तालिम प्रदान गरिएको थियो ।
कक्षा १२ सम्मको पढ्ने तरिका एवं पढाउने तरिका भन्दा स्नातक तहमा पढ्ने, पढाउने र शिक्षकशिक्षिकाले गर्ने व्यवहार समेत निकै फरक हुने र विद्यार्थीहरुलाई नै जिम्मेवार बनाउने खालको वातावरण कलेजले प्रदान गर्ने कलेज प्रिन्सिपल किरण केसीले बताए । साथै उनले विद्यार्थीलाई आफ्नो भविष्य, पढाई एवं परिवारप्रति जिम्मेवार बनाउनका लागि तालिम आयोजना गरिएको रतालिम आफले सोचेको भन्दा पनि सफल भएको बताए ।
तालिम पोखरमा रहेर देशविदेशमा एकेडेमिक एवं कर्पोरेट तालिम प्रदान गर्दै आईरहेको संस्था कोचिङ्ग टेनिङ्ग नेपालका प्रबन्ध निर्देशक, सर्टिफाइड एनएलपी टेनर एवं कर्पोरेट कोच सुबास पौडेलले प्रदान गरेका थिए ।
२ दिनसम्म चलेको तालिममा पहिलो दिन बिबिएका विद्यार्थीहरु र दोस्रो दिनमा बिसिए र बिपिएचका विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको थियो भने तालिमको अन्त्यमा प्रशिक्षक सुबास पौडेल एवं उनको टिमलाई कलेज प्रिन्सिपल किरण केसीले मायाको चिनो प्रदान गरेका थिए । पोखराको सिर्जनाचोकमा अवस्थित रहेर कलेजले बिगत १९ वर्ष देखि बिबिए, बिसिए र बिपिएचका कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here