अन्तरवार्ता

लायन्सको सचेतना कार्यक्रम

पोखरा आवाज
पोखरा, २१ साउन

लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदर र लायन्स क्लब अफ पोखरा लालीगुराँसको अयोजनामा लागु औषध तथा साइबर क्राईम विरुद्धको जनचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ । निम्स पोखराको व्यवस्थापनमा भएको सचेतना कार्यक्रममा निम्समा आवद्ध ५० जना विद्यार्थीहको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी नायव निरीक्षक होतबहादुर रोका, परामर्शदाता तथा पत्रकार अमृतकुमार भट्टराई, प्रहरी जवान कृष्ण रेग्मीले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर क्राईम, ड्रग्स, लैड्डिक हिंसाले समाजलाई आक्रान्त पारेको बताए ।
उनले सवैलाई थाहा हुदा हुदै पनि विभिन्न घटना संम्लग्न हुने गरेको बताउँदै समाजमा घट्ने घटनालाई न्यूनीकरण गर्न हामी आफै बाट शुरुवात गर्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ वि वानका पिआरओ मोतिराज तिमिल्सिना, जोन चियर पर्सन ठाकुरप्रसाद अधिकारी, लायन्स क्लब अफ मुनालका निर्वतमान अध्यक्ष जितेन्द्रमान शाक्य, लायन्स क्लब अफ पोखरा लालीगुराँसका अध्यक्ष मिनराज तिमिल्सिनाले बोलेका थिए ।
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरका अध्यक्ष शंकर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण भण्डारीले स्वागत र तृतीय उपाध्यक्ष अर्जुन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here