अन्तरवार्ता

लाहाचोकमा अर्ग्यानिक ब्रोइलर कुखुरा उत्पादन

बजारमा मासुको मागलाई ध्यानमा राखी अग्र्यानिक ब्रोइलर उत्पादनमा कास्कीको लाहाचोकका सुशिल श्रेष्ठर कुमारबहादुर शाहीले अर्गानिक कुखुरा फार्म व्यवसाय सुरु गरेका छन् । बजारमा व्यापक एन्टिबायोटिक प्रयोग गरिएको कुखुरा हुुने भएकाले यसले मानव स्वास्थ्यमा पार्ने प्रभावलाई मध्यनजर गर्दै आफुहरुले अग्र्यानिक ब्रोइलर कुखुरा उत्पादनमा जोड गरेको श्रेष्ठले बताए ।

पोखरा बाग्लुङ राजमार्गबाट हेम्जा मिलनचोक हुँदै करिब ३ किलोमिटरको दुरीमा रहेको माछापुच्छ«े गाउपालिका वडा ४ मा भएको फार्ममा अर्गानिक ब्रोइलर कुखुरा पाइन्छ ।

मान्छेमा जस्तै मौसम परिवर्तन हुँदा कुखुरामा पनि विभिन्न प्रकारका भाइरल रोगहरु लाग्ने हुनाले अग्र्यानिक विधिबाट जडीबुटीनै प्रयोग गरी उक्त व्यवसाय गरिएको श्रेष्ठले बताए । उनीहरुलाई यो व्यवसायमा चिनबहादुर नेपालीको साथ छ । नेपालीकै परामर्शमा उनीहरुलाई कुखुरालाई जडीबुटी औषधी प्रयोग गरेका हुन ।

सुशिलले गत वर्ष १ हजार चल्ला राखेका र बजारको मेडिसिन प्रयोग गरेर २ सय ५० कुखुरा मरेको जानकारी गराए । ‘अहिले फार्ममा १ हजार २० कुखुरा राखेका थियौ’, उनले भने, ‘जडीबुटी प्रयोग गरेपछि कुखुरालाई कुनै रोग लागेको छैन, कुखुरा ठूलो हुँदै गई साइज बढेर अठिएर ४५ वटा कुखुरा मात्र मरेका छन ।’

उनका अनुसार सामान्य रुपमा ४५ दिनमा कुखुरा तयार हुन्छ । तर अग्र्यानिक रुपमा प्रयोग गरिएको जडीबुटी औषधीका कारण ३९ दिनमै तयार भएका छन । अहिले २ केजी भन्दा माथीका कुखुराहरु रहेको उनले जानकारी गराए । गाँउमा उनीहरुले प्रतिकेजी २ सय ५० का दरले मासु बेच्छन । अग्र्यानिक ब्रोइलर कुखुराको मासु लोकल जस्तै भएको प्रतिक्रिया आउने गरेको श्रेष्ठले बताए ।

श्रेष्ठले एकपटक मासु प्रयोग गरेका उपभोक्ताहरु पुन आउने गरेको बताए । ‘जडीबुटी प्रयोग गरी अग्र्यानिक ब्रोइलर उत्पादन गर्दा बजारमा उपभोक्ताले विषादी रहित मासु खान पाउछन । कृषकलाई पनि एन्टिबायोटिक औषधी किन्दा लाग्ने खर्च कटौती भएर लागत कम हुन जान्छ ।’—उनले भने । सरकारले स्थानिय उत्पादनलाई बढवा दिन कृषकलाई सहयोग गर्नुपर्ने उनको धारणा छ ।

अर्घानिक ब्रोइलर कुखुराको विकास सगै यसको स्वाद लोकल कुखुराको भन्दा कमि छैन l अर्घानिक कुखुराको मासु खादा हाम्रो शारीरमा चाहिने प्रोटिन भिटामिन प्रशस्त मात्रामा पाइन्छ l अर्घानिक जडीबुटी उत्पादन गरि बजारमा बिक्रि गरिरहेका चिन बहादुर नेपालीले यो जडीबुटी प्रगोग गरेको कुखरा स्वास्थ्य र स्वादिलो हुने बताए l उक्त विधिबाट कुकुरा उत्पादन गरिरहेका कृषक कुमार शाही , शुशील श्रेष्ठ लक्ष्मी नेपाली , रामकुमार नेपाली लगायतले पहिलाको तुलनामा औषधिको मूल्य कम रहेको पनि जानकारी दिए l मासुको स्वाद समेत लोकलको जस्तो भएको कारण गाउमा यसको बिक्रि बढेको बताए lकृषक शुशील श्रेष्ठले एकपटकखुकुराको मासु खाएको ब्यक्तिले राम्रो प्रतिक्रिया सहित फेरी तेही नै अडर गर्ने गरेको बताए l
यस प्रबिधिबाट जडीबुटी प्रयोग गरि अर्घानिक ब्रोइलर उत्पादन  गर्ने हो भने बजारमा बिषादी रहित मासु उत्पादन बढ्ने छ l तर उक्त कार्यको लागि सरकारको ध्यान आकर्षण गराउने जानकारी जडिबुटी उत्पादक नेपाली ले बताए l

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here