अन्तरवार्ता

वडा नं १० का घरघरमा फोहोर छुट्याउने बाल्टिन

वेष्ट मेनेजमेन्ट रिसाईकलिङ्ग प्रा.लि. पोखराको सहयोगमा पोखरा महानगरपालिका वडा नं १० का टोल टोलका सबै घरघरमा फोहर छुट्टाउने हरियो रंगको बाल्टिन एक कार्यक्रमको बिच वितरण गरिएको छ ।
बाल्टिन बितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० का वडा सदस्य एवं प्रमुख अतिथि दिपक बहादुर थापाले अन्नपूर्ण मार्ग ख टोल विकास संस्था, भद्रकाली दिदी बहिनी समुह, स्वणीम टोल विकास संस्था र स्वणिम टोल आमा समुहका अध्यक्षलाई बाल्टिन हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । उनले वडाले फोहर छुट्याई कुहिने फोहरबाट कम्पोस्ट मल र बिक्री हुने फोहरलाई मोहरमा परिणत गर्दै फोहरलाई घर घरबाटै न्यून गराउने लक्ष अनुसार वेष्ट मेनेजमेन्ट रिसाईकलिङ्ग प्रालिको सहयोगमा फोहर छुट्टाउने बाल्टिन् बितरण गरिएको बताउँदै वडाले यस्ता कार्यमा सक्दो सहयोग गर्ने बताए ।
उक्त बाल्टीन बितरण कार्यक्रममा अन्नपूर्ण मार्ग ए टोल बिकास संस्थालाई १३ पिस, भद्रकाली समुह पोखरा १० र १२ का सदस्यहरुलाई ६० पिस, स्वणीम टोल विकास संस्था पोखरा१० र स्वणिम टोल आमा समुह लाई ३३ पिस, नांगिन टोल विकास संस्था र शुभराज्य भिषेक टोल ७५ पिस, जनप्रिय टोल विकास संस्था र जनप्रिय आमा समूह ९३ पिस गरि २७४ पिस बाल्टिन बितरण गरिएको वडा स्तरिय सरसफाई कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठले जानकारी दिए । फोहर छुट्टाउने बाल्टिन हाललाई १ हजार पिसको ब्यबस्थापन गरिएको र पहिले अग्नि सुरक्षा अभिमुखीकरण तालिम दिएको टोल नहर मार्ग टोल, सुनकोशी टोल, अन्नपूर्ण ए मार्ग अन्तरगत चेतनशिल आमा समुह, हिमाल आमा समूह, शिव नगर टोल, संकल्प आमा समुह, सिमल बोट टोल, बेथानीटोल, लखन टोल, मिलन टोल , सरस्वती आमा समुह, हिमाली मार्ग लेन डि, हिमाली मार्ग, संमृधि टोल, दुचि टोल, उत्तम टोल, कामना टोल र कालिका मा बि अगाडिका टोलमा क्रमैसँग बितरण गरिने अन्य टोलमा क्रमैसँग छिट्टै अग्नि सुरक्षा तालिम दिने बताउँदै उक्त हरियो बाल्टीनमा बिक्री हुने फोहर राख्ने र हरेक १० देखि १५ दिन भित्र लिन आउने र अन्य कवाडिले भन्दा केही बढि मुल्यमा वेष्ट मेनेजमेन्ट रिसाईकलिङ्गले स्थलगत खरिद गर्ने बताए ।
वेष्ट मेनेजमेन्ट रिसाईकलिङ्गको आर्थिक सहयोगमा बाल्टिन बितरण कार्यक्रममा पोखरा महानगरपालिका सरसफाई महाशाखा र वडा समिति कार्यालयमा वडा नं १० को सहयोग, नेपाल रेडक्रस सोसाइटी लैङ्गिक समावेशीकरण तथा सामाजिक उप समिति पोखरा १० को व्यबस्थापनमा बितरण कार्यक्रममा वडा सदस्य निशा मल्ल ठकुरी, पोखरा महानगरपालिका सरसफाई महाशाखाका शाखा प्रमुख कल्पना बराल, वेष्ट मेनेजमेन्ट रिसाईकलिङ्ग प्रालि पोखराका संचालक बिष्णुप्रसाद अधिकारी शर्मा, भद्रकाली दिदी बहिनी समुहका अध्यक्ष अन्जना बराल धिमिरे, स्वणीम टोल विकास संस्थाका अध्यक्ष दिलीप श्रेष्ठ, नांगिन टोल विकास संस्थाका अध्यक्ष धनमाया गुरुङ्ग, जनप्रिय टोल विकास संस्थाका अध्यक्ष पबित्रा देबी गुरुङ्ग लगायतका वक्ताहरुले आआफ्नो बिचार राख्दै सबैले सरसफाई कार्यमा सजग रहि फोहरलाई मोहरमा परिणत गरि बिक्री हुने फोहर र बिक्री नहुने फोहर छुट्याएर राख्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखा का उपसभापति जीवन श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा वडा नं१० का वडा सदस्य एवं सरसफाई अभियन्ता सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको वेष्ट मेनेजमेन्ट रिसाईकलिङ्ग प्रा.लि.का फिल्ड ईन्चार्ज प्रकास पौडेलले संचालन गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here