अन्तरवार्ता

विन्ध्यवासिनीमा प्राकृतिक चिकित्सालय बन्दै

पोखरा, १ साउन
पोखरा महानगरपालिका वडा नं १ गुठीबारी मार्गमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माण शुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले करिब २६ करोडको लागतमा उक्त चिकित्सालय निर्माण गर्न लागेको हो । चिकित्सालयको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे ।
उक्त अवसरमा मेयर जिसीले पोखरामा पहिलो पटक निर्माण हुन लागेको प्राकृतिक चिकित्सालयको महत्व पृथक रहेको बताए । उनले मेडिटेशन गर्ने विदेशी पर्यटकका लागि समेत विशेष चासोको चिकित्सालय बन्ने विश्वास ब्यक्त गरे ।
उनले समयमै निर्माण काम सम्पन्न गर्नका लागि महानगर सहयोग गर्न प्रतिबद्ध रहेको बताए । जनताले नै तिरेको करबाट सो चिकित्सालय निर्माण हुने उल्लेख गर्दै मेयर जिसीले भने, ‘पोखरेलीले तिरेको करबाट यो चिकित्सालय निर्माण हुन लागेको हो । निर्माणको काम समयमै सक्नेगरि लाग्नुपर्नेछ । यसकारण तपाईहरू अघि बढ्नुहोस् महानगरपालिकाको सधैँ साथ रहनेछ ।’
चिकित्सालय निर्माणका लागि गण्डकी प्रदेश सरकार, पोखरा–४ लगायतले आर्थिक सहयोग गर्ने भएका छन् । चिकित्सालय निर्माण गर्न प्रदेश सरकारले ५० लाख रुपैयाँ, पोखरा महानगरपालिका ४ ले २५ लाख रुपैयाँ, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सल्लाहकार शुशिल कुमार गोशेलीको २५ लाख रुपैयाँ सहयोग उपलब्ध हुनेछ । यस्तै ओम विकास बैँक, लक्ष्मी गु्रप तथा प्रभु बैँकको तर्फबाट २५÷२५ लाख रुपैयाँ, रामप्रसाद शर्मा पस्र्याङको ७ लाख ७ हजार रुपैयाँ, रामजी कोइरालाको ४ लाख रुपैयाँ र टिका कार्कीको ५ लाख १ हजार रुपैयाँ सहयोग गर्नेछन् ।
विन्ध्यवासिनी धार्मिक क्षेत्रका सचिव तीर्थ श्रेष्ठका अनुसार आगामी २ बर्षमा निर्माण हुने चिकित्सालय २१ रोपनी क्षेत्रफलमा बन्नेछ । पोखरा–१ मा पर्ने भए पनि पोखरा महानगर र वडा नम्बर १ ले लगानी गरेका छैनन् ।
पर्यटकीय महत्वको संरचना निर्माण हुन लागेको भन्दै पोखरा–४ ले भने २५ लाख रुपैयाँ सहयोग गर्न लागेको वडाध्यक्ष शंकर बाँस्तोलाले जानकारी दिए । ‘यो चिकित्सालय पोखरा र समग्र देशकै महत्वको विषय हो । त्यसैले सहयोग गरिएको हो’, वडाध्यक्ष बास्तोलाले भने, ‘राज्यले नै गर्नुपर्ने काम धार्मिक क्षेत्रले गर्छ भने त्यसलाई हौसला थप्न, प्रोत्साहन दिन र हातमा हात–काँधमा काँध हामी किन नमिलाउने भनेर हामी २५ लाख दिन लागेका हौँ ।’
चिकित्सालयले पोखराको पर्यटन गतिविधिलाई थप बढावा दिने उनको विश्वास छ । वडा नं १ का अध्यक्ष शारदा पराजुलीले पोखराको अस्तित्व र सम्झना बोकेको बिन्ध्यवासिनीलाई महानगरको मात्र नभई सिंगो नेपालकै धार्मिक पर्यटन स्थल बनाउनुपर्नेमा जोड दिइन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here