अन्तरवार्ता

विवाह गर्दै नायिका ऋचा शर्मा

काठमाडौं २३ साउन । नायिका ऋर्चा शर्माले यसै वर्ष विवाह गर्ने संकेत गरेकी छिन् ।केही समययता राणा परिवारका युवासँगको प्रेममा रहेको बताइएकी ऋर्चाले यसअघि एक अन्तर्वार्ताको क्रममा २०७६ सालमा विवाह गर्ने याेजनामा रहेकाे बताएकी थिइन् ।

ऋचाकाे समकालीन साथी प्रियंका कार्की पनि यसै वर्ष बैवाहिक बन्धनमा बाँधिदैछिन् । ऋर्चाले पनि विवाह गर्ने निर्णय लिएकी छिन् । फिल्ममा अभिनय गरेकी ऋर्चा पछिल्लो समय विभिन्न रियालिटी शोहरुमा निर्णायकको भूमिकामा समेत देखिने गरेकी छिन् ।

गतवर्ष ऋर्चाले हरर फिल्म ‘सुनकेसरी’ निर्माण गरेकी थिइन् । उनलाई यो फिल्मले सोचे जति सन्तुष्टि दिएन । अब उनले हरर फिल्म खेल्ने इच्छा समेत नभएको बताएकी छिन् ।

फिल्म निर्माण तिर नदेखिएकी ऋर्चाले यही वर्ष ‘पाङग्रा एक्सपेस्र’ मार्फत व्यवसाय तिर हात हालिन् । अब भने उनी घरजम गर्ने मुडमा पुगेकी हुन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here