अन्तरवार्ता

श्रीपति सहकारीको साधारणसभा

पोखराm २७ भदौ
पोखरा–९, साँघुमुखस्थित श्रीपति बचत तथा ऋण सहकारी संस्थाको ११औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले सहकारी खुला किताब भएको भन्दै यसको भरपूर उपयोग गर्न सके धेरै फाइदा हुने बताए ।
उनले सहकारीमा जत्तिको प्रजातान्त्रिक अभ्यास अन्य कुनै पनि क्षेत्रमा नभएको भन्दै सहकारीलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए । उनले बोनसमात्र खाने उद्देश्यले सहकारी सञ्चालन गर्न नहुने भन्दै सदस्यका पिर मर्कामा पनि साथ दिनुपर्ने खाँचो औंल्याए ।
सहकारीका संस्थापक अध्यक्ष कपिलनाथ कोइरालाले संस्था स्थापना गर्दा निकै दुःख गर्नुपरेको स्मरण गर्दै संस्थाको अहिलेको प्रगति देख्दा आफू निकै हर्षित भएको बताए ।
कार्यक्रममा कलम सहकारी संस्थाका उपाध्यक्ष अर्जुन पोखरेल, साँघुमुख–महेन्द्रपुल बजार समितिका अध्यक्ष सूर्यराज तिवारीले सहकारीलाई थप सक्रिय र गतिशील बनाउन आवश्यक रहेको बताए ।
सहकारीका अध्यक्ष रामजी प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद कोइरालाले स्वागत, सचिव नवराज कोइरालाले सञ्चालन र लेखासमिति संयोजक पार्वती कोइरालाले सहकारी सिद्धान्त वाचन गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका शेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ तथा एसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गरी उत्तीर्ण हुने विद्यार्थीहरू ओस्कार कोइराला, निरञ्जन कोइराला, नीशा सुवेदी, अशिष बद्गामी, अनिता कोइराला र योगेश सुवेदी क्षेत्रीलाई सम्मान गरिएको थियो ।
यसैगरी संस्थाको उत्कृष्ट बचतकर्ता नीनु कोइराला, नियमित बचतकर्ता हेरम्बप्रसाद कोइराला, उत्कृष्ट ऐक्षिक बचतकर्ता सूर्यराज त्रिपाठी, उत्कृष्ट कारोबारी राजेन्द्र शंकर पालिखे, महेन्द्र पालिखे, असल कारोबारी मेघराज सुवेदी र शुभकामना बद्गामीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
साधारणसभामा सचिव नवराज कोइराला, कोषाध्यक्ष गणेशप्रसाद कोइराला, लेखा समिति संयोजक अर्जुन प्रसाद पाण्डेले प्रस्तुत गरेका विभिन्न प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको सचिव नवराज कोइरालाले जानकारी दिए ।
सहकारीको २ सय ३७ जना शेयर सदस्य रहेका छन् । संस्थाको कुल पुँजी १ करोड ३५ लाख, बचत संकलन १ करोड ४० लाख गरी ३ करोड ८ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here