अन्तरवार्ता

संविधान दिवस गलफ्रेण्ड र ब्वाईफ्रेण्ड भेट्नका लागि होइनः मन्त्री बास्कोटा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउन सबैलाई आह्रवान गरेका छन् । सरकारले दिएको सार्वजनिक विदाको सदुपयोग नभएको भन्दै मन्त्री वास्कोटाले तिखो ब्यगं गरेका छन् ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा मन्त्री बाँस्कोटाले तिखो ब्यग्य गरेका हुन् । उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएएकाले त्यसको सदुपयोग गर्न आग्रह गरे । उनले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ–संस्था, निजी क्षेत्रका संघ–संस्थालगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिए ।

उनले भने, ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’

उनले संविधान दिवसलाई कर्मकाण्डीभन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागिता हुनेगरी हर्षोल्लासपूर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे । संविधान दिवस मूल समारोह समितिअन्तर्गत सञ्चारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चारक्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरुसँग छलफल गरेको हो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here