पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्सन प्रजुले संस्कृति नै समुदायको पहिचान भएकोले आफ्नो संस्कृति जोगाउन रहेक समुदाय लागि पर्नुपर्नेमा जोड दिनुभएको छ ।
“संस्कृति जगेर्ना अभियान” अन्तर्गत आज पोखरा ३ नदीपुरस्थित कारवाकेली परिवारमा आयोजित “सांगीतिक वाद्यवादन सामग्री हस्तान्तरण” कार्यक्रममा प्रमुख अतिथि प्रजुले वडाको तर्फबाट सांगीतिक वाद्यवादन सामग्री हस्तातरण गर्दै संस्कृति जगेर्नामा समुदाय निरन्तर लागिरहन आग्रह गर्नुभयो ।
प्रजुले कारवाकेली परिवारका अध्यक्ष मेजर चन्द्र बहादुर पहरे पुनलाई १ लाख ६० हजार बराबरको सामग्री हस्तान्तरण गर्दै संस्कार संस्कृतिको जगेर्नाको लागि वडाको साथ जहिले पनि वडावासिसंग रहिरहने बताउँदै अन्य सिर्जनशिल कामका योजनाहरुको लागि समिति बनाएर वडामा आउन सुझाउनु भयो ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसिले हामीहरुको ध्यानाकर्षण पछि योजनाहरुलाई समेट्ने वाचा गर्नुभएको छ, प्रजुले भन्नुभयो ः“हामीलाई आउने वजेट हाम्रै करको उपज हो, सबै मिलेर आफ्नो वडालाई संमृद्ध बनाउने काममा जुटौं, भविष्यका दिनमा आवस्यक योजनामा वडाले सहयोग गर्नेछ ।” यसअघि प्रजुले वडा नं ३ स्थित सन्सरी माता परियार गुठीलाई संस्कृति जगेर्नाको लागि नौमती वाजा समेत सहयोग हस्तान्तरण गरेको सोहि अवसरमा बताउनु भयो ।
कारवाकेलि परीवारका अध्यक्ष मेजर चन्द्र बहादुर पहरे पुनले वडा नं ३ मा रहेका पुनहरुको समाज कारवाकेलीको लागि वडाबाट उपलव्ध गराइएका सांगीतिक सामग्रीको सहि सदुपयोग हुने बताउँदै जातिय विविधता भएको वडाको लागि काम गरेर नाम कमाउन जनप्रतिधिनिधिलाई आग्रह गर्नुभयो ।
मेजर पहरे पुनले पुनहरुको खाम भाषा लोप हुने स्थितिमा पुगेकोले समुदायलाई उक्त भाषा सिकाउने आफ्नो योजना भएकोले वडाको सहयोग हुने अपेक्षा गर्नुभयो । यो पनि एउटा सांस्कृतिक र शैक्षिक पाटो हो, उहाँले भन्नुभयो ः“अब म युवा पुस्तालाई खाम भाषा सिकाएर पोख्त बनाउने सोंचमा रहेको छु, वडाले सहयोग गर्नेछ ।”
कार्यक्रममा समाजका उपाध्यक्ष रणसिंह गर्बुजा, दीपक पुन लगायतले पुन समाजले पोखरामा गर्दै आएका विभिन्न गतिविधि र विकासका कार्यहरुको बारेमा वडाध्यक्ष प्रजुलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडा नं ३ का सदस्य जीतेन्द्र कायस्थ, रविन कायस्थ, कृष्ण अधिकारी फिमला आमा समूह, एकता यूवा क्लवका सदस्य लगायतको सहभागिता रहेको थियो ।
Leave a Reply