अन्तरवार्ता

सगरमाथा आरोही ई.खिमलाल गौतम सम्मानित

पोखरा, २५ जेठ ।

गौतम भातृ समाज नेपाल केन्द्रीय समितिले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल आफ्ना समाजका आजीवन सदस्य एवं नापी कार्यालय कास्कीका प्रमुख ई.खिमलाल गौतमलाई समाजको केन्द्रीय कार्यालय पोखरा १६ लामाचौरमा एक विशेष समारोह आयोजना गरी सम्मान गरेको छ ।

स्थानीय जनसमुदाय, गौतम बन्धुहरु एवं डाक्टर, इन्जिनियर, प्राध्यापक, अधिवक्ता, विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु लगायत समाजका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गौतमलाई प्रमुख अतिथि गण्डकी प्रदेशका सभासद् रामजी बरालले दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि बरालले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने र सगरमाथाको उचाई मापन गर्ने एक साहसी, इमान्दार एवं कर्तव्यनिष्ठ राष्ट्रसेवक नेपाल सरकारको प्रतिनिधित्व गरेर सफलता हासिल गर्नुहुने निज गौतम बन्धुहरुको मात्र नभई राष्ट्रकै गहना भएको बताउनुभयो । उहाँले नेपाल राष्ट्रकै शिर उँचो राख्न सफल व्यक्तित्व प्रमाणित हुनुभएकोमा विशेष धन्यवाद सहित बधाई ज्ञापन गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभेच्छा तथा शुभकामना समेतलाई साकार पार्न सफल हुनुभएकोमा उच्च साहसी कार्यको प्रसंसा गर्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा गौतम समाजका पूर्व महासचिव प्रेम प्रसाद गौतमले उहाँको जीवनीमाथि प्रकाश पार्दै निज गौतमले प्रथम पटक २०६८ साल जेष्ठ ४ गते र निजामति कर्मचारीको तर्फबाट नेपाल राष्ट्रकै प्रतिनिधित्व गर्दै २०७६ जेठ ८ गते दोस्रो पटक सर्वोच्च शिखर चुम्न सफल भएको जानकारी गराउनुभएको थियो ।

समाजका केन्द्रीय अध्यक्ष एवं अमरज्योति बोर्डिङ स्कूलका संस्थापक शिव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ सल्लाहकार तारा पाखे गौतम, समाजका संस्थापक अध्यक्ष शिव प्रसाद गौतमले बोल्नु भएको कार्यक्रमको संचालन उपमहासचिव शिव गौतमले गर्नुभएको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here