अन्तरवार्ता

समाजवादी पार्टीको घरदैलो जारी

पोखरा, २६ कात्तिक
कास्की क्षेत्र नं.२ प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिंदै गर्दा दलहरुले प्रचारप्रसारको अभियानलाई तिव्रता दिएका छन् । समाजबादी पार्टीले पनि निर्वाचन प्रचार प्रसार अभियानलाई बढाएको छ ।
वडा नं. १७ मा भएको घरदैलो तथा वडा कार्यालयको उद्घाटन गर्दै समाजबादी पार्टीको उम्मेदवार धर्मराज गुरुङले देश बिकास गर्ने हो भने चुनावमा भ्रष्ट्राचारी र त्यसको वकालत गर्ने पार्टीलाई बहिष्कार गरेर समाजबादी पार्टीमा मतदान गर्नुपर्ने धारण राखेका छन् ।
सँगै उनले अव मतदाताहरु उम्मेदबारको वा दलको सपना पुरा गर्नका लागि नभएर जनताको सपना पुरा गर्ने पार्टीलाई मतदान गर्नुपर्ने बताएका थिए ।
उनले भने, ‘आजसम्म हामीले पुराना दलहरुलाई जिताएर पठायौँ तर जनताका समस्याहरु जहाँका त्यहि छन् । तर नेताको जिवनस्तर बदलिएको छ । नेताले जनताको समस्या समधान गर्ला भनेको त भ्रष्ट्राचारमा फसेर बसेका छन् । यो बेला कोहि तँपाईलाई आँशु वेच्न आउला, कोहि इतिहास बेच्न आउँला तर भोट हाल्नु अघि एकपटक गम्भिरतासाथ सोचेर हाल्नु होला । तँपाईको एकभोटले बर्षौ पछुताउन नपरोस । म धेरै बोल्न जान्दिन , बोल्ने कुरामा भन्दा काम गर्ने कुरामा बिश्वास गर्छु । साँच्चै समृद्ध र भ्रष्ट्राचाररहित समाज बनाउने हो भने समाजबादी पार्टीलाई हात चिन्हमा मत दिएर बिजयी गराउँनुहोस ।’
समाजवादी पार्टीले वडा नं. १७ को वडा कार्यलयको स्थापनासँगै दीपक भण्डारीको संयोजकत्वमा १ सय ५१ सदस्यिय वडा निर्वाचन परिचालन समिति समेत गरेको छ ।
पोखरा ७ र ८ मा घरदैलो
मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएको ईञ्जिनियर धर्मराज गुरुङले पोखरा महानगरपालिका वडा नं. ७ र ८ मा घरदैलो कार्यक्रम गरेका छन् ।
जनतासँग उम्मेदवार अभियान अन्तर्गत मंगलवार वडा नं. ७ को मासवार, रत्नचोक लगायतका क्षेत्रमा मतदानको आग्रह गर्दै मतदान गरेका थिए ।
यसरी नै पोखरा ८ को सिमलचौर, सृजनाचोक, सभागृहचोक क्षेत्रमा हात चिन्हमा मतदान गर्नका लागि आग्रह गर्दै उहाँले घरदैलो गरेका थिए ।
उक्त क्रममा मतदाताहरुले मुलुक बनाउने इमान्दार र स्वच्छ प्रतिनीधिको आवाश्यक रहेको माग गरेका थिए भने उम्मेदवार गुरुङले समाज र देश बनाउनका लागि नै आफू प्रत्यासी भएको बताएका थिए । देश वर्वाद बनाउनेलाई नभई लामो सम्मुन्नत समाज निर्माणका लागि हात चिन्हमा मतदान गर्न आग्रह गरे ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here