अन्तरवार्ता

सर्वेश्वर टोल विकास संस्थामा देव

पोखरा ७, भदौ

पोखरा ४, मा अवस्थित सर्वेश्वर टोल विकास संस्थाको शनिवार सम्पन्न तेश्रो अधिवेशनले देवकृष्ण पराजुलीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सीता गोदार, सचिवमा नवराज वाग्ले, सहसचिवमा सीता पाठक कोइराला, कोषाध्यक्षमा विष्णुदेवी कोइराला र सह कोषाध्यक्षमा राजकुमारी पन्थी चयन भएका छन् ।
समितिको सदस्यहरुमा मनोज कोइराला, रमा पराजुली, शान्ति आचार्य, तिलक गोदार, सुदर्शन श्रेष्ठ र सरस्वती कोइराला चयन भएका छन् । नव निर्वाचित अध्यक्ष देवकृष्ण पराजुलीले घर भाडामा लिने दिनेको समझदारी सहित आगामी दिनमा टोल विकास संस्थाले गर्ने योजना सुनाएका थिए ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य विन्दुकुमार थापाले टोलको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष नारायण कोइरालाले घर भाडामा दिने र भाडा लिने बीचको सम्वन्ध नङ र मासुको जस्तो हुनु पर्ने वताए । उनले सरकारले लगाएका असामान्य करलाई निरुत्साहित गर्दै आवश्यक कर तिरेर मात्र व्यवसाय संञ्चालन गर्न पाउनु पर्ने व्यवसायीको दायित्व भएको वताए ।
कार्यक्रममा विद्यावारिधी गरेकी टोल समाजका छोरीहरु समीक्षा कोइराला र एसइइमा उत्कृष्ट अंक ल्याएकी स्वेता कोइरालालाई सम्मान गरिएको थियो । त्यसैगरी वडामा निर्वाचित जनप्रतिनिधि सहित पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष नारायण कोईराला, र उपाध्यक्ष पवनकुमार प्रजापतिलाई संस्थाले सम्मान गरेको थियो । त्यसैगरी संस्थालाई सहयोग गर्ने शालिकराम घिमिरेलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष देवकृष्ण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य सघका उपाध्यक्ष पवनकुमार प्रजापति, पत्रकार कमल पौडेल अथक, विश्व हिन्दु महासंघका केन्द्रीय सचिव जगन्नाथ कोइराला, पराजुली मार्गका अध्यक्ष लेखनाथ पराजुली, आदर्श टोल विकास संस्थाका अध्यक्ष तर्कवहादुर केसी, सिद्यार्थ टोल विकास संस्थाका अध्यक्ष संम्झना माकाजू, सल्लाहकार नारायण पराजुली, जानकी कोइराला, सदस्य सीता पाठक कोइराला र सचिव नवराज वाग्लेले वोलेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here