अन्तरवार्ता

सहकारी दिवसमा सफलको प्रशिक्षण

 

पोखरा,२१ असार

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सफल वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–७ द्वारा क्षमता अभिबृद्धि तालिमको आयोजना गरियो । तालीम उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले महानगरले सहकारीलाई उत्पादनसंग जोडने अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
सहकारीला मापदण्ड एवं कार्यविधि बनाएर व्यस्थित गरिने तयारी भई रहेको बताउँदै उनले एक सहकारी एक व्यक्ति तथा ५ हजार शेयर सदस्य बरावर १ सहकारीको नीतिलाई कार्यान्वयन गरिने उल्लेख गरे ।
पोखरा महानगरपालिका भित्र ३ सय ४३ सहकारी संस्था दर्ता भई सञ्चालनमा रहेको बताउँदै अध्यक्ष अधिकारीले ‘१ सहकारी १ उत्पादन’ कार्यक्रमलाई प्रभावारी बनाइने जानकारी दिए ।
बाँझो जग्गालाई भरपुर उपयोग गर्दै उत्पादन र रोजगारीसंग जोडनका लागि महानगरपालिकाले २ करोड बजेट विनियोजन गरेको बताउँदै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहकारीसंग जोडने धारणा राखे ।
महानगर सहकारी व्यवस्थापन समितिका सदस्य एवम् प्रशिक्षक भिम गुरुङले सामुहिक अभियानकोरुपमा रहेको सहकारीलाई व्यवस्थित तथा आर्थिक पारदर्शिताका लागि प्रत्येक शेयर सदस्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए ।
‘मर्यादित कामको लागि सहकारी’ भन्ने मूल नाराका साथ आयोजित उक्त तालीममा सहकारीका संचालक समिति, सल्लाहकार, शिक्षा र महिला उपसमिति र तथा लेखा समितिका पदाधिकारी एवं सदस्यको सहभागिता थियो ।
संस्थाले यसअघि संस्थागत सामाजिक उत्तरदायित्वतर्पm पोखरा १७ छोरेपाटनमा सञ्चालित मानव सेवा आश्रममा आश्रित असहाय एवं मनोरोगीलाई १ छाक खाना बराबरको १७ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
संस्थाका अध्यक्ष हरिप्रसाद बाँस्तोलाका अनुसार ३ सय ३४ शेयर सदस्य रहेको सो संस्थाले हाल ५ करोड भन्दा बढीको कारोवार गर्दै आएको जानकारी दिंदै भविष्यमा आवश्यकता पहिचान गरि वस्तु उत्पादनतर्पm लाग्ने जानकारी दिए ।
सचिव धनबहादुर रानाभाटले सञ्चालन गरेको कार्यक्रममा शिक्षा उपसमितिका संयोजक गणेश श्रेष्ठले स्वागत एवं कोषाध्यक्ष पविता जिसीले सहकारीका सात सिद्धान्त पाठ गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here