अन्तरवार्ता

साम्बो च्याम्पियनशीप काठमाडौंलाई

काठमाडौं, ८ असार
नेपाल साम्बो फेडरेसनले आयोजना भएको छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपमा काठमाडौंको गोङ्गोबु डोजो टिम च्याम्पियन भएको छ । शनिबार काठमाडांैको नयाँबजारमा भएको प्रतियोगितामा गोङ्गबु डोजोले उपाधि उचालेको नेपाल साम्बो फेडरेसनका उपाध्यक्ष रमेश पौडेलले जानकारी दिए । यस्तै प्रतियोगितामा चितवन दोस्रो हुँदा नुवाकोटले तेस्रो स्थान हात पारेको हो ।

प्रतियोगिताको पुरुषतर्फको २० केजी समूहमा प्रिन्स श्रेष्ठ प्रथम भए भने समिर थापा दोस्रो र स्वर्णिम तेस्रो भए । यस्तै २५ केजी समूहमा सागरभर्व मर्हजन पहिलो हुँदा पारस थापा मगर दोस्रो भए । ३० केजी समूहतर्फ पुजन बुढामगरले पहिलो स्थान हात पार्दा सिजल घरति मगरले दोस्रो र आयुष वोगटी तेस्रो भए ।
यस्तै ३५ केजी समूहतर्फ प्रमोद श्रेष्ठ पहिलो हुँदा पवन सुनार दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए । यस्तै ४५ केजी समूहमा संगीत शाह प्रथम, अभिषेक पराजुली दोस्रो र नविन घरति मगरले तेस्रो स्थान हात पारे ।
यस्तै ५५ केजी समूहमा निरज भण्डारीले प्रथम स्थान हात पार्दा विजय सुनार दोस्रो र समिन मल्ल तेस्रो भए । यस्तै ६५ केजी समूहमा महेश्वर मर्हजन पहिलो र अतित शर्माले दोस्रो स्थान हात पारे । ७० केजीतर्फ कृष्णलाल तामाङ पहिलो,अभिम कायत दोस्रो र रविनस तामाङ तेस्रो भए ।

महिलातर्फ खुला तौल समूहमा निशा घर्तिमगर पहिलो हुँदा रचना लामा दोस्रो भए भने पुरुष खुलातर्फ सिरिष श्रेष्ठ पहिलो, सुदन लामा दोस्रो, सुदिप थापा तेस्रो भए । प्रतियोगितामा महिलातर्फ खेलाडी गोंगबु क्लबका निसा छन्त्याल र पुरुषतर्फ नुवाकोटका कृष्णलाल तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here