अन्तरवार्ता

साेनियाले मनाए तीजको दर कार्यक्रम पाेखरा बृद्धाश्रमका बृद्धबृद्धाका साथ

कास्की, १३ भदौ

यतिबेला शहरबजारमा तीजको रन्को लागेको छ । दर खान, खुवाउन विभिन्न संस्था तथा व्यक्तिहरु लाई भ्याइनभ्याइ छ । हरेक दिन जसो तीजको दर खाने कार्यक्रमको तालिका बनेको छ । रातो सारीमा सजिएर महिलाहरु घरी कुन पार्टी प्यालेस त घरि कुन होटल अनि कहिले घरैमा आयोजना गरिएको दर खाने कार्यक्रममा सहभागी बनिरहेका छन् ।
तर शहरको छेउमा रहेको बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई भने यस्तो रौनकताले खासै छोएको हुँदैन । यहि कुराले पोखराको चिप्लेढुङ्गा, निभा गल्लीमा सोनियाज ब्युटी होम नाम ब्युटीपार्लर सञ्चालन गरि बसेका सोनिया छन्त्यालको मन छोयो । अनि आफ्नो सहकर्मीलाई लिएर तीजको दर पोखरा बृद्धाश्रमका बृद्धबृद्धाका साथ खान पुगे ढुंगेसांघु । तीजमा खानपान मात्रै होइन तीजको आफ्नै भाकामा नाचगान गर्नु पनि यसको विशेषता हो । सोनिया र उनको समुहले यो पटकको तीजको दर बृद्धबृद्धाहरु संगै बसेर खाए । दुःख सुखका गफ गरे । अनि तीजका भाकामा छमछमी नाचेर बृद्धबृद्धाको आर्शिबाद बटुले । ‘हामी त हरेक चाडपर्वमा रमाइलो गरिरहेका हुन्छौ तर आफ्नो परिवारबाट एक्लिएका बृद्धबृद्धाहरुको मुहारमा हाँसो ल्याउन यो पटकको दर खाने कार्यक्रम बृद्धाश्रममा मनाएका हौं ।’ सोनियाले भने ।
सोनियासँगै बृद्धाश्रम पुगेका अन्जना तामाङले पोखरा बृद्धाश्रममा आश्रित सम्पुर्ण बृद्धबृद्धाहरुलाई दर खुवाएर नाचगान गर्दा को सन्तुष्टी बेग्लै रहेको सुनाए । उनले यो पर्व सबैको भएको हुँदा सबै खुसी भएर मनाउनका लागि बृद्धाश्रम आएको बताए । बृद्धबृद्धाहरुसँग नाच्दै गर्दा भेटिएकी प्रियँका मगरले पनि तीजलाइ विशेष बनाउन बृद्धाश्रममा भएका बृद्धबृद्धाहरुसँग दरखाने कार्यक्रम राखेको सुनाए । युवापुस्तालाइ पर्वको महत्व बारे चासो बढाउन तथा समाज प्रति उत्तरदायी बनाउन यो कार्यक्रमको आयोजना गरेका उनको भनाइ थियो ।
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी र चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठामीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खानेबस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here