अन्तरवार्ता

सूर्यचन्द्र समाजको तीजगीत तथा खेलकूद

पोखरा, १७ साउन

पोखरा महानगरपालिका वडा नं. ५, मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजले यस वर्ष पनि तीजगीत तथा महिला खेलकूद प्रतियोगिता आयोजन ागर्ने भएको छ । कार्यक्रम यहि भदौ १३ गतेदेखि १६ गतेसम्म हुने भएको हो ।
समाजले यसअघि ६ पटकसम्म यस्ता प्रतियोगिता आयोजना गरिसकेको छ । वडा कार्यालयले यसवर्ष भड्किलो तीजमुक्त क्षेत्र घोषणा गरेको छ । समाजले यो घोषणालाई पूर्ण कार्यान्वयन गर्ने उद्घोष समेत गरेको छ ।
संस्थाका अध्यक्ष केदार प्रसाद कोइरालाले समाजले लोकगीत र लोकसंस्कृतिको जगेर्ना तथा निरन्तरता दिने, गीत र नृत्यबाट सामाजिक र नैतिक सन्देश दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
साथै जनचेतचना अभिवृद्धि गर्ने, नयाँ कलाकारलाई उर्जा तथा प्रोत्साहन दिने, जनसेवाको भावना वृद्धि गर्ने, खेलकूदमार्फत महिला स्वास्थ्यमा सुधार ल्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष कोइरालाले बताए । तीज गीत प्रतियोगितामा प्रथम हुनेले २० हजार ५, द्वितीय हुनेले १५ हजार ५, तृतीय हुनेले १० हजार ५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी खेलकूदतर्फ छात्रा भलिवलमा प्रथमले २० र द्वितीय हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्रास्त गर्ने प्रचार–प्रसार संयोजक कृष्णप्रसाद बरालले जानकारी दिए । उनका अनुसार तीज गीत प्रतियोगितामा उत्कृष्ट नृत्य, भेषभूषा र उत्कृष्ट नृत्य गर्ने दर्शकले समेत नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका प्रचारप्रसारमा कृष्णप्रसाद बराल, आर्थिक समितिमा हेमराज भण्डारी, मञ्च तथा साउण्ड व्यवस्थापनमा गोविन्द पराजुली, स्वयंसेवक परिचालनमा दीपक बराल लगायतलाई विभिन्न व्यक्तित्वलाई उपसमिति संयोजक यन गरिएको छ ।
प्रतियोगितालाई नमूना आदर्श, चिन्तनशील, सहनशील लगायत विभिन्न दर्जन बढी संघसंस्थाले सघाउने प्रतिवद्धता जनाएको अध्यक्ष कोइरालाले बताए ।
प्रतियोगिताका लागि करिब ७ लाख खर्च लाग्ने अनुमान गरिएको आर्थिक संयोजक हेमराज भण्डारीले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here