अन्तरवार्ता

सेञ्चुरी क्लवको रक्तदानमा ६० युनिट संकलन

पोखरा, ३० असार
कास्कीको छोम्रोङमा क्रियाशील सेञ्चुरी युवा क्लबद्वारा आयोजित रक्तदानबाट कार्यक्रमबाट ६० युनिट रगत संकलन भएको छ । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी तथा पोखरा–१ का अध्यक्ष शारदा पराजुलीले पहिलो रक्तदाता तथा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।
गण्डकी प्रदेशसभा सदस्य पहारीले रक्तदान जीवनकै महादान भएको उल्लेख गरे । उनले जो कोही व्यक्तिले भूमि र तुला दान दिए पनि रक्तदान जस्तो महादानसंग तुलना गर्न नहुने भन्दै रगत दान गर्नुपर्नेमा जोड दिए ।
उनले पछिल्लो समय रक्तसञ्चार केन्द्रमा रगतको कमी भएको बताउदै निरोगी सबैलाई रक्तदान गर्न आग्रह गरे । ‘अहिले बर्षायामको समय भएकाले अस्पतालमा प्राकृतिक प्रकोपमा परेका बिरामीहरू बढि छन्, उनले भने ‘उनीहरूलाई रगतको खाँचो छ तर रगतको अभाव भएकोले रक्तदान गर्न जरुरी छ, त्यसोत यो रक्तदानले केही हदसम्म रगत पूर्ति गर्न टेवा प्ु¥याउनेछ ।
उनले फरक प्रसंगमा नयाँपुल–घान्दु्रक जोड्ने सडकखण्ड टेण्डर प्रक्रिया पूरा भएर निर्माण कार्यको थालनी भैसकेको पहारीले बताए । उनले भने, ‘मेरै अगुवाईमा बाटोको काम भएको हो मैले नै हेरेको छ, यसको निर्माणको काम सुरु भैसकेको छ ।’ पहारीका अनुसार उक्त सडकखण्डको लागत २१ करोड छ ।
यस्तै पोखरा १ का अध्यक्ष शारदा पराजुलीले उनले रक्तदान गर्नु आफैको सकारात्मक कुरा रहेको भन्दै सबैले समय समयमा रक्तदान गर्नुपर्ने उल्लेख गरे । उनले हिमालको काखमा क्रियाशिर रहेको सेञ्चुरी क्लबले शहरमा आएर चौंथो पटकसम्म निरन्तर रक्तदान गर्नु उदाहरणीय कार्य भएको भन्दै प्रसंशा समेत गरे ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका ११ का अध्यक्ष हिम बहादुर गुरुङ, नेपाल रेडक्रस सोसाईटी कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङ, तमु छोज धि गुरुङ राष्ट्रिय परिषद, गण्डकी प्रदेशका प्रमुख दलबहादुर गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा प्राविधिक सहयोग क्षेत्रीय रक्त सेवा केन्द्र पोखराको थियो । कार्यक्रममा बिच नेपाल रेडक्रस सोसाईटी कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङलाई तमु कलाकार संघ गण्डकी प्रदेशको अध्यक्ष पदमा निर्वाचित भएको भन्दै सेञ्चुरी युवा क्लबले सम्मान समेत गरिएको थियो ।
क्लवका अध्यक्ष मिकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा दिपक गुरुङले स्वागत गरेका थिए भने छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलिप गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here