अन्तरवार्ता

सेतो प्लेटको सरकारी गाडीलाई रातो प्लेट बनाएर मुख्यमन्त्रीकी श्रीमतीलाई !

भदौ ३१ काठमाडौं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सुरक्षा थ्रेट भएको भन्दै नेपाल सरकार प्रधानमन्त्री कार्यालयले प्रदेश सरकारलाई दिएको सेतो नम्बर प्लेटको सरकारी गाडीलाई रातो नम्बर प्लेटको बनाइएको छ भने उक्त सरकारी गाडी मुख्यमन्त्री गुरुङकी श्रीमती कुमारीमुनीले चड्दै आइरहेकी छिन।

केन्द्र सरकारले गण्डकी प्रदेश सरकालाई दिएको बा १ झ १३६३ नम्बरको गाडी प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयको नाममा नामसारी गर्‍यो। ग १ झ ४०७ कायम गरिएको उक्त गाडी पछि यातायात ब्यबस्था कार्यालय विभागले प्रदेश सरकारको दवावमा रातो प्लेटको बनायो। रातो नम्बर प्लेटको बनाएपछि उक्त गाडीको नम्बर ग ३ च १६२ नम्बर कायम गरिएको छ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सेतो प्लेटलाइ रातोमा परिणत गर्ने भन्दै पत्राचार गरेपछि यातायात विभागले रातो बनाएको हो। तर मुख्यमन्त्री निकट स्रोतबाट भने मुख्यमन्त्रीलाई त्यस्तो थ्रेट नभएको र उहाँको श्रीमतीलाई पोखरा–लम्जुङ आवतजावत गर्न सहज बनाउन सेतो प्लेटलाई रातो बनाइ उनलाई प्रयोगका लागि दिइएको बुझिएको छ।

बेलायतमा भएको तमुधीको कार्यक्रममा सहभागी हुन पुगेकी कुमारीमुनी काठमाडौं आइपुगेपछि ग ३ च १६२ नम्बर राखेर निजी बनाइएको गाडी उनलाई लिन आइतवार पोखराबाट काठमाडौं आएपछि गाडीको दुरुपयोग छर्लंग भएको हो। तर यस बिषयमा मुख्यमन्त्री कार्यालयले भने उक्त गाडी बिग्रेकोले बनाउन काठमाडौँ पठाएको जनाएको छ।

मुख्यमन्त्रीकी श्रीमती कुमारीमुनी लम्जुङ क्व्होलासोथार गाउँपालिकाकी उपप्रमुखसमेत रहेकी मुख्यमन्त्रीकी श्रीमती कुमारीमुनीले यसरि केन्द्र सरकारले प्रदेश सरकारलाई दिएको गाडी प्रयोग गर्दै आइरहेकि छिन।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here