पोखरा, २७ असार
स्वदेशी कपडालाई ब्राण्डेड गर्नुपर्नेमा पोखरामा आयोजित एक कार्यशालाका वक्ताहरूले बताएका छन् । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन पोखराले आयोजना गरेको व्यवसाय ब्राण्डिङ सम्बन्धी कार्यशालामा यस्तो कुरामा जोड दिइएको हो ।
कार्यक्रम उद्घाटन गर्दै नेपाल भ्रमण बर्ष २०२० का गण्डकी प्रदेश संयोजक अग्नीप्रसाद कँडेल नेपालको पर्यटन उद्योगको विश्वभर प्रचारप्रसार गर्न नेपाली गार्मेण्ट उद्योगको भूमिका महत्वपूर्ण हुने बताए । उनले विदेशीलाई भन्दा स्वदेशी उत्पादनलाई विशेष महत्व दिनुपर्ने खाँचो औंल्याए ।
पर्यटन वोर्डका वरिष्ठ अधिकृत सूर्य थपलियाले स्वदेशी उत्पादनलाई कसरी व्राण्डिङ गर्न सकिन्छ भन्ने वारेमा प्रशिक्षण दिएका । कार्यक्रममा ४० जना इम्व्रोइडरी तथा ग्रामेन्ट व्यवसायी सहभागी भएको कोषाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए ।
कार्यक्रममा पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणि लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, एगाका पूर्व अध्यक्षहरू कृष्णकुमार श्रेष्ठ, जीवराज गौतम, कोषाध्यक्ष सदस्य गोकर्ण लम्साल, कार्यक्रम संयोजक विश्वराज पोखरेल लगायतले इम्व्रोइडरी तथा ग्रामेन्ट उद्योगले पोखराको व्यापार व्यवसायमा प्रवद्र्धन गर्नुका साथै देश विदेशमा नेपालको प्रचारप्रसार गरेका बताएका थिए ।
एगा पोखराका अध्यक्ष शंकर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ईन्द्रप्रसाद भण्डारीले गरेका थिए ।
‘स्वदेशी उत्पादनलाई व्राण्डेड गर्नुपर्छ’

Leave a Reply