अन्तरवार्ता

हाईकर्स क्लबको टोली काँहुमा

पोखरा, ३० असार
हाईकर्स क्लब नेपालको टोलीले शनिबार पोखरा महानगरपालिका वडा नं. ११ काहुँकोटसम्म हाईकिङ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ बाट सुरु भएको एक दिने हाईकिङ १२ किलोमिटरको दुरी पार गरी वडा नम्बर ११ को काहुँकोट, काँहु धरहरासम्म पुगेर सकिएको हो ।
पोखरा महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष रविन्सन प्रजुको शुभकामना सन्देशसहित वडा नम्बर ३ र ११ जोड्ने गरी निर्माण गरिएको आर्क ब्रिजबाट हाईकिङ सुरु गरिएको थियो ।
उक्त अवसरमा वडाध्यक्ष प्रजुले स्वास्थ्यको लागी केही समय हिड्नु आवश्यक रहेको बताए । हाईकिङले पर्यटन प्रर्वद्धनमा पनि टेवा पुग्ने भएकोले निरन्तरता दिन आग्रह गर्दै अफ्नो तर्फबाट पनि साथ र सहयोग रहने उनले बताए ।
हाईकर्स क्लब नेपालले काहुँ धरहरा प्रिमियम होमस्टेको पनि अवलोकन गरेको थियो । शनिबार हाईकर्स टोली काहुँ धरहरा प्रिमियम होमस्टे पुगेपछि फूलमालाद्वारा न्यानो आतिथ्यताले स्वागत गरेका थिए ।
होमस्टेमा पाहुनालाई खाजाको रुपमा कोदोबाट बनेको परिकार दिईएको थियो । आमा समुहद्धारा सांस्कृतिक कार्यक्रम पनि देखाईएको थियो । पोखराबाट नजिकै रहे पनि प्रचार प्रसारमा कमी भएकोले होमस्टेलाई सोचे अनुसार सञ्चालन गर्न नसकिएको होमस्टे सञ्चालक समितीका अध्यक्ष अन्जु पौडेल आचार्यले बताए । उनका अनुसार उक्त समस्यालाई समाधान गर्नका लागि आश्यक पहल भैरहेको छ ।
हाईकिङमै संलग्न गाऊँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रराज पौडेलले होमस्टेको समस्या सुन्दै समाधानका लागि संस्थाको तर्फबाट सक्दो सहयोग रहने बताए । स्थानीय कलासंस्कृति, कृषिलाई अत्याधिक प्रयोग तर्फ पनि उनको जोड थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here