अन्तरवार्ता

हिन्दु धर्म र जातीय छुवाछुत

(अधिवक्ता दुर्गेश राज पन्त)
पछिल्लो समयमा नेपालमा जातीय छुवाछुतको समस्याले सार्वजनिक बहसहरुमा स्थान पाउन थालेको छ । काठमाण्डौंकी एकजना प्रधान थरकी घरबेटीले सुनार थर भएकी दलित युवतीलाई घरकोठा बहालमा नदिएको विषयमा घरबेटीका विरुद्ध जातीय छुवाछुत गरेको भनि दिएको उजुरीको आधारमा घरबेटीलाई हिरासतमा राखी अनुशंन्धान गर्दा सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भनि मुद्धा नचलाउने निर्णय गरेको कारण घरबेटी हिरासतमुक्त भएपछि आम जनसमुदाय दुई भागमा विभक्त भई आ आफ्ना विचार राख्न थालेको पाइन्छ । प्रस्तुत लेखमा घरबेटी वा उजुरीकर्ता को ठिक को बेठिक भनि छुट्याउन खोजिएको भने होइन । छुवाछुत मानव सभ्यताको घोर कलंक हो र विनाशर्त यसको निर्मुलीकरण आजको आवश्यकता हो भन्ने कुरामा दुईमत हुनै सक्दैन ।
विभिन्न संचार माध्यमहरु मार्फत सार्वजनिक भएका भावनाहरुको अध्ययन गर्दा दलित समुदायलाई छुवाछुत गर्नुमा हिन्दु धर्म र तिनका अनुयायी नै हुन भन्ने तथ्यलाई जबरजस्त रुपमा स्थापित गर्न एउटा मौकापरस्त समूह जोरसोरले लागेको देखिन्छ भने केही सचेत वर्गले यस विषयमा कथित माथिल्लो जातिका भनिने प्राज्ञ, लेखक र अभियन्ताहरुले छुवाछुतको विरुद्धमा केही लेखेनन बोलेनन भन्ने गुनासो समेत गरेको पनि देखिन्छ । यस्तो गुनासो पुर्ण रुपमा जायज भएता पनि कुनै धर्म विशेषलाई दोषारोपण गर्ने कार्य भने कुनै पनि दृष्टीकोणले उचित मान्न सकिन्न ।
कुनै पनि समस्याको उचित र दिर्घकालिन समाधान त्यसको वास्तविक कारण पत्ता नलागे सम्म हुंदैन । छुवाछुत सम्वन्धी समस्याको वास्तविक कारण पत्ता लगाउनमा पनि कहि चुक भएको हो कि भन्ने कुरालाई नकार्न सकिन्न । संचार माध्यममा दलित अभियन्ताहरुको अभिव्यक्तीलाई हेर्दा मनुस्मृतीबाट परिचालित हिन्दुहरुको कारणलेनै जातीय आधारमा गरिने छुवाछुतले निरन्तरता पाउंदै आएको हो भन्ने कुरालाई विशेष जोड दिंदै आएको देखिन्छ । तर यहांनेर बिर्सन नहुने कुरा केहो भने आजका दिनमा राज्य व्यवश्थाको संचालन मनुस्मृतीको आधारमा नभई देशको संविधान र प्रत्यक्ष कानूनहरुद्धारा भइरहेको छ । संविधानमा भएको व्यवश्था अनुरुपका दलित आयोगका पदाधिकारीमा पदासिन हुने एवं छुवाछुत नियन्त्रण सम्वन्धी प्रत्यक्ष कानूनको सहारामा अन्याय पर्यो भनि उजुर गर्नेले राज्य व्यवश्था हिन्दु मनुस्मृतिद्धारा संचालित छ र त्यसैको कारण छुवाछुतले निरन्तरता पाएको हो भनि धर्म विशेषलाई दोष दिनुले यस्तो आक्षेप नियोजित त होइन भन्ने शंकालाई प्रशस्त बल पुर्याउंछ । यस्तो दैध चरित्रको जबसम्म त्याग हुंदैन तबसम्म तब सम्म समस्याको वास्तविक समाधन पनि भेटिदैंन ।
मनुस्मृती कुनै धर्मशास्त्र होइन यो त कुनै कालखण्डका शासक वर्गले शासन गर्न बनाएको विधान हो जसलाई हाल प्रचलित नेपालको संविधान र कानूनले लेशमात्र पनि स्थान दिएको छैन । हिन्दु धर्मको आधारस्तंभ मनुस्मृती नभई वेदहरु हुन । जसमा छुवाछुतलाई उल्लेख सम्म पनि गरिएको छैन । चार वेदहरु मध्ये एक यजुर्बेदमा मानवलाई मुलत ४ बर्णमा बिभाजन गरिएको छ । ९ब्राह्मणोऽस्य मुखामासीद् बाहूराजन्यः कृतः। ऊरू तदस्य यद्वैश्यः पद्भयाशूद्रोऽजायत॥११॥ (यजुः० ३१।१०(११० अर्थात, ब्राहमण रुप मुख हुन जो ज्ञान,दर्शन हो , क्षेत्री पाखुरा हुन बिरता वा रक्षा, वैश्य तिघ्रा हुन जो श्रम, व्यापार वा कला , शुद्र खुट्टा हुन जो मुख९ ब्राहमण०, पाखुरा ९क्षेत्री०, तिघ्रा ९बैस्य० सबै लाई गति दिने खुट्टा हुन भने शुद्र ब्यक्ती ती हुन जसको सहयोगीको क्षमताको मात्रै हुन्छ । उपरोक्त वर्गिकरण ब्यक्ति को जन्मको आधारमा नभएर कर्म अर्थात क्षमता र रुचिको आधारमा गरिएका हुन ।
हिन्दु धर्म शास्त्रमा ुुजन्मना जायते शुद्रस् संस्कारात् द्विज उच्यतेुु उल्लेख छ अर्थात जन्मले सबै निम्नकोटीको हो, संस्कारले महान बन्ने हो भन्ने मान्यता रहेको पाइन्छ । कुनै पनि हिन्दु धार्मिक ग्रन्थमा अछुत भन्ने शव्दावलीको प्रयोग भएको पनि पाइदैन । शुद्र भन्ने शव्द सम्मको प्रयोग भएको छ जुन अछुत शब्दको पर्यावाची होइन । शुद्र कर्मले हुने हो जन्मले होइन । जन्मको आधारमा कर्मको विभाजन वा छुवाछुतको प्रचलन वैदिक समयमा नभएको तथ्य केही उदाहरणहरुबाट समेत पुष्टी हुन्छ । रामायण कालमा श्रीरामले भील समुदायकी वृद्ध महिला शबरी ९श्रमणा० को जुठो बयर खाएको, महाभारत कालमा दासी पुत्र भनिएका विदुर हस्तिनापुर जस्तो शक्तीशाली राज्यका प्रमुख मन्त्री भएको त्यसैगरी विश्वामित्र क्षत्रिय भएता पनि ज्ञानको बलमा ब्राह्म्ण भए भने तिनका छोराहरु शुद्र कर्म अपनाएको तथ्यले समेत वैदिक समाजमा छुवाछुत जस्तो कुप्रथा नरहेको तथ्य छर्लङ हुन्छ । जातीय छुवाछुतको कारक तत्व हिन्दु धर्म र वैदिक धर्मशास्त्र हुन भनेर जबरजस्ती स्थापित गर्न खोज्नु भनेको समस्यालाई जानेर वा नजानेर गलत दिशातर्फ डोर्याउनु हो । जसले समस्याको स्थायी समाधान निकालनुको साटो जातिय र धार्मिक द्धन्द मात्र निम्तयाउछ ।
छुवाछुतको कुप्रथा हिन्दुधर्म भित्र मात्र नभई एउटा निश्चित समाज विशेषागरी दक्षिण एशियाका केही सिमित देशहरुमा पाइने समस्या हो । प्रशान्त के त्रिवेदी समेतले भारतको उत्तर प्रदेश राज्यमा गरेको अनुशन्धानबाट मुस्लिम समुदाय भित्र समेत छुवाछुतको कुप्रथा रहेको देखिएको थियो । दक्षिण भारतको ट्रिची शहरमा हिन्दु धर्म भित्र छुवाछुत भयो भनेर धर्म परिवर्तन गरी क्रिश्चियन धर्म अंगालेका कथित तल्लो समुदायका मानिसहरुलाई अन्य वर्गका क्रिश्चियनहरुले प्रयोग गर्दै आएको चिहानघाट प्रयोग गर्न नदिई छुट्टै चिहानघाट प्रयोग गर्नु पर्ने अवश्था रहेको भनि बि बि सी तमिल नामको पत्रिकामा १४ सेप्टेम्बर २०१० मा प्रकाशित समाचारले छुवाछुतको कारण हिन्दु धर्म नै हो भन्ने दावीलाई शुरुदेखी नै खारेज गर्दछ । त्यस्तै २८ जुन २०२१ गतेको द इण्डियन एक्शप्रेश नामको पत्रिकामा क्रिश्चियनहरु भित्र समेत दलितहरुलाई छुवाछुत गर्ने गरिएको र अवसरहरुमा पहुंच नरहेको कुरा भारतीय चर्चहरुले स्विकार गरेको भनि प्रकाशित समाचारले समेत छुवाछुत हुनुको मुल कारण हिन्दु धर्म नै हो भन्ने एकथरीको एकोहोरो कोकोहोलो पुर्णतया गलत रहेछ प्रष्टयाउछ । साथै दलित समुदायर भित्रकै विभिन्न समुदायहरु भित्र रहेको छुवाछुत जन्य कुप्रथाले समेत यो समस्याको वास्तविक कारण कथित माथिल्लो जाति वा निजहरुले आत्मसात गरेको हिन्दु धर्म होइन भन्ने प्रष्ट हुन्छ ।
कुनै पनि वर्ग र समुदायको समावेशीकरण एक्लोपन ९क्ष्कयबितष्यल० मा हुन सकदैन । समावेशीकरण भनेकै समाजका अन्य समुदायमा घुलमिल गर्नु गराउनु हो । समावेशीकरणरुपी उक्त साध्य प्राप्तीको साधनको रुपमा जातीय छुवाछुत नियन्त्रण सम्वन्धी कानून लगायतका कानूनहरु र संवैधानिक प्रावधानहरु व्यवहारमा लागू रहेका छन् । उपरोक्त संवैधानिक र कानूनी व्यवश्थालाई हिन्दु धर्मका अनुयायी, अगुवा वा संस्थाले विरोध गर्ने गरेका छैनन् स्विकार गरेर बसेका छन । जातीय छुवाछुतको कार्य दण्डनिय अपराध हो भन्ने कुरालाई हिन्दु धर्मावलम्बीहरुले स्विकार गरेको अवश्थामा पनि जातीय छुवाछुतको एकमात्र कारण हिन्दु धार्मिक व्यवश्था हो भन्ने मिथ्या आरोपलाई हिन्दु धर्मका अनुयायीहरुले स्विकार गर्न सक्ने कुरा हुंदैन । कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको समाजले जिवन पद्धतीको रुपमा स्विकारेको आश्था ९धर्म० प्रति लगाइने अनावश्यक लांच्छनाले उक्त समाजको भावनामा कहिं न कतै चोट त पुर्याउछन नै । फलस्वरुप त्यस्तो समुदायले बाध्यात्मक कानूनी प्रावधानको कारणले सार्वजनिक अवश्थामा अस्विकार नगरे पनि नितान्त निजात्मक अवश्थामा समावेशीकरणलाई निश्चिंत भएर स्विकार गर्न अप्ठ्यारो अहशुस गर्ने नै भयो । पछिल्लो समयमा उठेको बहसमा इतर वर्गका प्राज्ञ, पत्रकार, लेखक अभियन्ताहरु मध्ये धेरै जसो चुप लागेर बस्नु र केहीले छुवाछुतको निवारण बिस्तारै हुन्छ भन्नुले सोही कुरा प्रतिबिम्बित भएको भनि बुझ्न सकिन्छ ।
कुनै कार्यलाई कानूनले अपराध घोषणा गर्दैमा त्यो अपराध, एकाधलाई छाडेर, पुनः नदोहरिने घटना विश्वमा विरलै पाइन्छ । अपराध भएको अवश्थामा अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ती नदिइने कुराको सुनिश्चतता भने हुनै पर्छ । तर बुझ्नुपर्ने अर्को कुरा के पनि हो भने आरोप लाग्दैमा दोषी ठहर हुने कानून विश्वको कुनै पनि सभ्य समाजमा हुंदैन । त्यसैले हाल विवादको एउटा विषयवस्तु को रुपमा रहेकी जात विषेशकी घरबेटीलाई साधिकार निकायले प्रचलित कानूनी व्यवश्था अनुशार मुद्धा नचल्ने निर्णयगरी हिरासत मुक्त गरीसकेको अवश्थामा चित्त नबुझ्ने पक्षले उक्त निर्णय उपर कानूनी उपचार खोज्नुको साटो कुनै धर्म विशेषलाई निरन्तर रुपमा संचारमाध्यम मार्फत दोषारोपण गरिरहनुले समस्याको कारक तत्व पहिचान गरी समस्या समाधान तिर भन्दा पनि समस्याको निरन्तरता चाहेको त होइन भन्ने तर्कलाई बल पुर्याउंछ । उठेका यस्ता शंकाको निवारण गर्नु पर्ने दायित्व समेत सम्वन्धित पक्षको हुने कुरालाई विर्सन मिल्दैन ।
छुवाछुत सम्वन्धी कुप्रथा प्रचलनमा रहनुमा धार्मिक कारण नभई सामाजिक, वर्गीय र राजनैतिक कारणहरु प्रमुख हुन । यो कुप्रथाको वास्तविक कारणलाई सम्वन्धित सबैले ह्दयंगम गरी सोही अनुरुपको व्यवहार प्रदर्शन गरी समाधान तर्फ लागेको अवश्थामा जातीयताको आधारमा गरिने छुवाछुत लगायत सबै प्रकारका विभेदहरु जरै बाट उखेलिने कुरामा विश्वस्त हुन सकिन्छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here