अन्तरवार्ता

हिमालयन र’क्सीको स्टक नै सकियो, एकै दिन डेढ सय कार्टुन बिक्यो

काठमाडौं। एकाएक चर्चामा आएको हिमालयन रिजर्भ हिस्की अत्यधिक बिक्रि भएर स्टक नै सकिएको छ । सोमबार बिहानदेखि चर्चामा आएको हिमालयन रिजर्भ हिस्की एकैदिन अधिराज्यभरको डिलरबाट सकिएको हो सभामुख कृष्ण बहादुर महरालाई ब’ला’त्का’र आ’रोप लगाउने रोशनी शाहीको कोठामा आधा खाएर बाँकी रहेको रक्सीको तस्विर सार्वजनिक भएसँगै उक्त रक्सी अत्यधिक विक्री भएको हो । शारदा समुहको प्रिमियर अर्गानिक प्रालिले उत्पादन गरेको हिमालयन रिजर्भ पूर्णतया नेपालको उत्पादन भने होइन ।

पीडित भनिएको रोशनी शाहीको कोठामा फेला परेको रक्सीको बोतल । तस्विर हाम्रा कुरा डटकम
यसको बोटलिङमात्र प्रिमियर अर्गानिकले गर्ने हो । बाँकी सबै विदेशबाटै आयात हुन्छ। प्रिमियर अर्गानिक प्रालिले माग धेरै भएकाले धान्न गाह्रो परेको जनाएको छ । यद्यपि, माग धेरै भयो भन्दैमा धेरै उत्पादन गर्ने पक्षमा कम्पनी छैन् उसले उत्पादनलाई नियन्त्रण गरेको जनाएको छ । नेपाली बजारमा यसको मूल्य ३ हजार प्रति लिटर छ  |

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here