अन्तरवार्ता

‘१ घर १ धारा’ अभियान््पोखरा आवाज

पोखरा, ८ असार

कास्की जिल्लाका ५ वटा स्थानीय तहमध्ये खानेपानीको सबैभन्दा बढी अभाव भोग्दै आएको रुपा गाउँपालिकामा १ वर्षभित्रमा ‘१ घर १ धारा’ पु¥याइने लक्ष्य लिइएको छ । गाउँपालिकाको केन्द्र भिरकोटमा एक कार्यक्रमका बीच प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा खानेपानी आयोजनालाई निरन्तरता दिइएको हो ।
चालू आर्थिक वर्षमा ४२ खानेपानी योजनालाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका २२ वटा सम्पन्न भइसकेको र २० योजना अन्तिम चरणमा रहेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
गाउँपालिकाका बासिन्दालाई ५०औँ वर्षसम्म पुग्ने गरी मादी गाउँपालिकाको थाक र चिप्लीबाट पानी ल्याउनका लागि डिपिआर तयार गरिएको बताउँदै उनले उक्त खानेपानी आयोजनाअन्तर्गत रुपासम्म ल्याउनका लागि कूल २६ किलोमिटरको दूरी रहेको अवगत गराए ।
गाउँपालिकामा संघ र प्रदेश सरकारबाट १६ ठूला खानेपानी आयोजना सञ्चालन भइरहेको प्रस्तुत गरिएको नीति तथा कार्यक्रम उल्लेख छ । सम्पन्न भएका योजनाबाट हालसम्म १ हजार ८ सय धारा जडान गरी सकिएको जानकारी दिँदै अध्यक्ष ओझाले हंसपुरको कुर्लुङखोला खानेपानी योजनाबाहेका सम्पूर्ण घरमा ५ महीनाभित्र १ घर १ धारा अभियान पूरा हुने विश्वास व्यक्त गरे ।
गाउँपालिकामा सञ्चालित ४२ खानेपानी आयोजनाका लागि कूल रु १० करोडका बजेट विनियोजन गरिएको बताउँदै उनले त्यसका लागि संघ र प्रदेश सरकारबाट डेढ÷डेढ करोड, दातृ निकायको रु २ करोड र ५ करोड गाउँपालिकाबाट खर्च गरिएको बताए ।
गाउँपालिकाको वडा नं ७ हंसपुरमा सञ्चालित कुर्लुङखोला खानेपानीका लागि रु ५ करोड ९० लाख बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले उक्त योजनाबाट ५ सय भन्दाबढी घारा जडान गरिने बताउनुभयो । गाउँमा ४ हजार ५ सय घरपरिवार रहेका छन् ।
गाउँपालिकाभित्र ‘१ घर १ धारा’ कार्यक्रम सम्पन्न गर्न आवश्यक पर्ने विभिन्न साइजका २ लाख १७ हजार २ सय ४० मिटर एचडिपिइ पाइप खरीद गरी निर्माण कार्य अगाडि बढाउनुका साथै कतिपय उपभोक्ता समितिलाई वितरण गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सञ्चालनमा रहेका खानेपानी आयोजना सम्पन्न गरी सिङ्गो गाउँपालिकामा ४ हजार ५ सय घरधुरीमा १ घर १ धारा पु¥याउने अभियानका लागि आगामी आर्थिक वर्षमा आवश्यक रकम विनियोजन गरिने अध्यक्ष ओझाको भनाइ छ ।
गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङका अनुसार १ घर १ धारा अभियानले १ गाग्री पानीका लागि बिहान खर्चिनु बाध्यताबाट स्थानीय बासिन्दामुक्त भई सो समयलाई थप आयआर्जनमा लगानी गर्न सहयोग पुग्नेछ ।
नीति तथा कार्यक्रममा सडक निर्माण, सिँचाइ, कृषि तथा पशुपालन, प्राविधिक शिक्षा, भकारो सुधार, युवा रोजगार, पर्यटन, स्वास्थ्य एवं बाँदर व्यवस्थापन लगायतका विभिन्न क्षेत्रलाई समेटिएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here