अन्तरवार्ता

चितवनमा सामुदायिक चर्च भवनको पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डेद्वारा शिलान्यास

८ असोज २०७६, राप्ती – चितवनको राप्ती ४ स्थित सुन्दरबस्तीमा सामुदायिक चर्च भवनको शिलान्यास गरिएको छ । भवनको प्रमुख अतिथि एबं पुर्ब सफल अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिलान्यास गर्नुभएको हो।

कार्यक्रममा उहाले सबै धर्म आ – आफ्नै तरिकाले व्याख्या गरेतापनी सबै धर्म समान रहेको बताउनुभयो। हरेक धर्मको मुल उद्देश्य नै मानव र समाज सेवा रहेको औल्याउँदै मानव र समाज सेवाका लागि सुन्दरबस्ती अगापे मन्डलीले राम्रो कार्य सुरुवात गरेकोमा धन्यवाद समेत दिनुभयो। उहाँले देश बिकासमा सबै धर्म जाती भाषा तथा बर्गको आवश्यकता रहेकोले नेपालमा रहेका जुनसुकै धर्म, जाति, बर्गका लागि आफूले सबैलाई समान रुपमा हेरिरहेको बताउनुभयो। उहाँले यस भवन निर्माणका लागि आबस्यक सहयोगको लागि संघीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

सुन्दरबस्ती अगापे मण्डली डडुवाले आयोजना गरेको सो कार्यक्रममा प्रमुख बक्ता एबं एन. सि. एफ नेपालका केन्द्रिय अध्यक्ष हनोक तामाङले भवन निर्माणको सफलताका लागि प्रबचन सहित प्रार्थना गर्नुभएको थियो। कार्यक्रमका बिशिस्ट अतिथि एबं चितवन ख्रीस्टियन महासघंका अध्यक्ष हरि खातीले बाइबल धर्मशास्त्रमा पाँच रोटि र दुई माछाले पाँच हजारलाई खुवाएजस्तै यस प्रकारको सामुदायिक भवन निर्माणले पनि सबै मानिसहरुका लागि सेवाको स्रोत बन्न सक्ने बिश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका सभापति एबं सोही मण्डलीका पा. वीर बहादुर तामाङले सामुदायिक भवन निर्माणको उद्देश्य नै मानव र समाज सेवाका लागि लक्षित रहेको बताउनुभयो।

सुवास तामाङले संचालन गरेको सो कार्यक्रममा पुर्ब अर्थमन्त्री एबं नेकपाका नेता सुरेन्द्र पाण्डे, एन.सि एफ नेपालका केन्द्रिय अध्यक्ष रे.पा. हनोक तामाङ, नेकपा चितवनका सदस्य केशव कंडेल, आदिवासी जनजाति महासघं राक्सिराङका संयोजक गणेश तामाङ, एन. सि. एफ नेपाल प्रदेश ३ का अध्यक्ष तारा सिंह गुरुङ्ग, एन. सि. एफ नेपाल प्रदेश ३ का युवा अध्यक्ष ईस्वर तामाङ, प्रदेश ३ दिदिबहिनी सगंती सचिव दिल माया गुरुङ, वडा सदस्य सुरेन्द्र राई, पा. बच्ची माया नेगि, ईसाई न्यु भिजनकी फुलमाया तामाङ लगायत अन्य धेरै ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here