अन्तरवार्ता

ब्लशिनपल व्युटी सलुन को वार्षिक उत्सव योजना

ब्लशीनपल व्युटी सलुन प्रथम वर्ष पुरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा सलुनले प्रथम वार्षिक अत्सव मनाउने भएको छ ।

गत सालमा भाद्रमा पोखराको नयाँबजारमा ३ जना महिला उद्यमीहरुले १ करोड ५० लाखको लगानिमा सञ्चालनमा अएको थियो ।

सलुनमा फेसियल, जेन्नटस सभिर्स, जेल, नेल स्क्स्टेन्सन, नेल आर्ट, मेनिकेयर, पेडिकेयर, आदि विभिन्न सौदर्य सम्बन्धी सेवा सुविधा प्रदान गरिएको सञ्चलन पक्षले जानकारी दिएको छ ।

महिला तथा पुरुष दुवैको लागि खोलीएको सलुनमा पुरुषहरु प्राय हेयर कलर गर्न आउने गरेको सञ्चालिका शान्ति उदासले बताईन ।

सातामा सातै दिन विहान १० बजे देखि साझ ७ बजे सम्म सेवा दिने सञ्चालन पक्षको भनाई छ । प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न अफर, लक्की ड्र पुरस्कारको समेत व्यवस्था रहेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here