राष्ट्रिय

“”अवको तिज नो व्रत प्लिज” गित विवादमा ,हिन्दु सस्कारलाई प्रहार गरेको आरोप।।

शिव बराल ।। नेपाली महिलाको महान् चाड तीज नजिकिँदै गर्दा तीजलाई लक्षित गर्दै धेरै गीतहरू सार्वजनिक भइरहेका छन् । कसैले आफ्नो परम्परा जोगाउने हिसाबमा गीत सार्वजनिक गरिरहेका छन् भने कसैले भड्किलो पाराका गीतहरू पनि सार्वजनिक गरिरहेका छन्।
पछिल्लो समय बजारमा सार्वजनिक भएका धेरै तिज गितहरु विवादमा आएका छन। जुनगितहरुले तिजको मर्म र महत्त्वलाई नै गुमनाम गराउन भुमिका खेलेको पाउन सकिन्छ।
केही बर्ष अगाडि कोमल वलिको “पोइला जान पाम” बोलको गित विवादमा तानिएको थियो। यहि बर्ष केही समय अगाडि सार्वजनिक भएको दुर्गेश थापाको “बिच्च बिच्चमा-२” लाई पनि गितचोरीको आरोप लाग्यो।पछिल्लो समयमा ब्यबशायिक मनशायले मात्र बनाइएका गितहरुले नेपाली समुदायमा ठूलो असर पारेको देख्न सकिन्छ।
यो पाली पनि गायिका सोफिया थापाको “अवको तिज,नो व्रत प्लिज” बोलको गित विवादमा तानिएको छ।गित अनुसार व्रत नबसौ,श्रीमानको गोडाको पानी नखाउ लगायत महिला पुरुष बराबर हुन भन्ने खालको सन्देश दिन खोजिरहेको छ ।
गत आइतबार “हाइलाइट्स नेपाल” को युट्युब च्यानलमा सार्बजनिक भएको गित हिन्दु धर्म संबंधित सस्था तथा ब्यक्तिहरुले बिरोध गरि रहेका छन।उनिहरुले हिन्दु संस्कारलाइ प्रहार गरेको आरोप लगाएका छन ।
तिजको वास्तविक महत्त्व तब हुन्छ जब महिलाहरु व्रत बस्छन। महिलाहरु स्वैच्छिक व्रत बस्ने गरेका छन।उनिहरुलाइ कुनै प्रकारको दवाब भने दिइदैन।तथापि गितले भने नारी-पुरुषबराबर भएको र अबको दिनमा श्रीमानको दीर्घायूको लागि व्रत बस्न जरुरी नभएको भाब देखाइएको छ।
मनिष पन्तको निर्देशन रहेको यस गित भिडियोमा तिजका परम्परागत भिडियोभन्दा फरक रहेको पाइन्छ। प्रायः रातो साडी र चुरामा सजिएर खिचिने भिडियोभन्दा पर रहेर ‘अबको तिज नो व्रत प्लिज’मा मोर्डन डान्स देख्न सकिन्छ। यसैसन्दर्भमा एकजना सामाजिक संजाल प्रयोगकर्ता ‘शायरा बानु राई’ लेख्छन “वास्तविक बिकृती त आधुनिकताको नाममा आफ्नो संस्कारको मुल मर्मलाइ बिर्सिदै जानू हो।बाध्यता छैनकी इच्छा नभए नि श्रीमानको खुट्टा ढोग्नु भन्ने तर व्रत त तिजको अभिन्न पक्ष हो,व्रतलाई नै बहिस्कार गरेपछी तिजको के अर्थ?तपाइको इच्छा नभए,स्वास्थ्य ठिक नभए जवजस्ती कसैले बसाउदैनन।बस्ने ले बस्दा किन टाउको दुखाइ?” त्यस्तै सोफियाको समर्थनमा मोहोन्ना अन्सारी लेख्छिन” सोफिया जि को यो गित आम नेपाली महिलाको प्रतिनिधित्व गर्छ।यो गितलाइ लिएर कसैले वहाँलाई प्रताडित गर्ने वा धम्की दिने कार्य गर्छ भने त्यस्ता जो कोहि भएपनी तत्काल कानुनको दायरामा ल्याउने प्रहरीको हो।”
सामाजिक संजालमा चौतर्फी बिरोधहरु आएपछी हाइलाइट्स नेपाल ले भने उक्त भिडियो हटाइसकेको छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here