राष्ट्रिय

कबिता उसलाई हार्दिक श्रद्धाञ्जली सुजाता निरौला

कबिता उसलाई हार्दिक श्रद्धाञ्जली ✍️सुजाता निरौला
 उसले भुले देखि मेरा भावनाहरु बिधुवा भएका छन त्यसैले उसलाई हार्दीक श्रद्धाञ्जली
। जीउँदै जलेका छन मेरा सपनाहरू हराएका छन मेरा आसाहरु सफेद भएका छन दिन्चर्याहरु बरखी बारेको घर जस्तै भएका छन मेरा कोठाहरु आज बाट त मेरो लागि मरिस भनेदेखी उपहार र फोटो आगो लाउदा मैले दागबत्ती दिएको छोराको हात जस्तै लगलग भएका छन मेरा हातहरु बेरङ भएका छन मेरा भबिस्यहरु अनि फोटो र उपहार आगो लाको खरानी त्यो झरिले बगाउदा ए हजुर अस्तु को टुक्रा सरि भएको छ फुटेको मुटुको टुक्राहरु । बग्दा बग्दा अहाल भएका छन आखाका आसुहरु तिमी अझै छौ कि जस्तो गरेर झस्किन्छ यो मन । जब तिमी तिम्रो एक्लो निर्णयले आफ्नो बाटो लाग्यौ नि आर्यघाटमा लास लादा प्वा पार्दै बज्ने संख जस्तै दुख सुनाउन चिच्याउदै छन मेरा अड्किएका आवाजहरु ।। ए मेरा भावनाहरुलाइ बिदुवा बनाउने मेरा सपनाहरूलाई जिउदै जलाउने मेरो जिन्दगिलाइ उजाड बनाउने मेरा भबिस्यहरुलाइ बेरङ बनाउने तिमिलाइ हार्दिक श्रद्धाञ्जली ।।।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here