राष्ट्रिय

कोरोना संक्रमण र लकडाउनको असर

विश्वभर त्रास फैलाइरहेको कोरोना संक्रमण र लकडाउनको असरबाट विद्यार्थीहरूको शैक्षिक कृयाकलापमा पर्न गएको असरलाई मध्यनजर गर्दै तथा एक महत्त्वपूर्ण विषयको बारेमा सबैलाइ जानकारी होस् भन्ने उदेश्यले विशेष वन विज्ञानका विद्यार्थीलाइ लक्षित गर्दै पोखरा ने.वि.संघ वन विज्ञान अध्ययन संस्थानमा हाल गठित नयाँ कमिटीले छ दिने अनलाइन मार्फत “लोकसेवा प्रशिक्षण” कार्यक्रम सम्पन्न गरेको छ । सभापती सरोज रिजालको नेतृत्वमा संचालित कार्यक्रम अनलाइन मार्फत दक्ष तथा प्राबिधिक ब्यक्तितवहरुको प्रमुख आतिथ्यमा “Zoom App” द्वारा संचालन गरिएको थियो ।

 
 
अग्रजहरुको सल्लाह,सुझाब तथा मागहरुलाइ आत्मसात गर्दै कार्यक्रमको शुरुवात मिति २०७७/०२/१० गते सहायक वन अधिकृत, म्याग्दिका एक अनुभवी ब्यक्तित्व आदरणीय नवीन बिश्वकर्मा बाट मर्यादित रुपमा सम्पन्न गरिएको कुरा सभापती सरोज रिजालज्युले बताए। विशेष वन विज्ञानका विद्यार्थीहरूलाई भनी संचालन गरिएको कार्यक्रम भएतापनी लोकसेवा प्रशिक्षण कार्यक्रमको शिर्षकले शुरुवातमा अन्य विषय संकायका विद्यार्थीको पनि निकै सहभागिता रहेको कुरा सचिब नवीन भुसालले जानकारी दिए । त्यसैगरी उक्त लोकसेवा प्रशिक्षण कार्यक्रमको दोस्रो भाग २०७७/०२/११ गते वन तथा भु- संरक्षण विभागका उपसचिब श्री प्रकाश सिंह थापाको उपस्थिमा सम्पन्न भएको थियो ।
 
लगातार रुपमा संचालित कार्यक्रमको तेस्रो भाग २०७७/०३/१२ गते बाग्मती प्रदेश नेपालका वन निर्देशक श्री विद्यानाथ झाज्युको उपस्थितिमा “scholarship: winning strategies” विषयलाई प्रमुख विषयको रुपमा राख्दै सम्पन्न गरिएको र जसमा सहभागिहरुको राम्रो प्रतिक्रिया आएको कुरा रिजालले बताए थप लगातार गरिने भनिएको कार्यक्रममा केही प्राबिधिक समस्या आएको थियो। चौथो दिनको कार्यक्रमलाइ दुई दिनको बिश्रामपछी २०७७/०२/१५ गते पर्यावरणविद तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव श्री हरिभद्र आचार्यज्युको उपस्थितिमा सहभागिहरुको राम्रो प्रतिक्रिया सँगै सम्पन्न गरिएको थियो । ” Environmental Assesment (IEE& EIA) ” विषयलाई प्राथमिकता दिदै लोकसेवा प्रशिक्षण कार्यक्रमको पाचौ भाग मिति २०७७/०२/१६ गते वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका उपसचिव श्री मेघराज पौडेलको उपस्थितिमा सम्पन्न गरिएको थियो। त्यसैगरि अलिक लामो दिनको अन्तरालपछी कार्यक्रमको अन्तिम भाग मिति २०७७/०२/२४ गते वनस्पति विभागका महानिर्देशक श्री धनन्जय पौड्यालको उपस्थितिमा संचालन गरि समापन गरिएको कुरा रिजालले थपे ।
 
कार्यक्रमको शुरुवात तथा अवधिभर विभिन्न चुनौतीहरूको सामना गर्दै कार्यक्रमलाई एक एक भब्य तथा सभ्यताका साथ सम्पन्न गर्न आफ्ना कमिटीका सदस्यहरुको साथ बिना असम्भव भएको र अत्यन्त उर्जाशिल ब्यक्तिहरु कमिटीमा पाउँदा अत्यन्त खुसी भएको कुरा रिजालले बताए । अनलाइन क्लास संचालन लागि प्राबिधिक ब्य्वस्थापनको लागि वन विज्ञान अध्य्यन संस्थान पोखरा तथा अग्रज दाई संतोष पौडेलज्युको भुमिका पनि अपिहार्य रहेको कुरा सचिब नवीन भुसालज्युले जानकारी दिए। त्यसैगरी यस लोकसेवा प्रशिक्षण कार्यक्रम पुर्ववत लकडाउनको समयमा बिध्यार्थीहरुको उचित समयको सदुपयोग तथा बिध्यार्थिबिच लुकेका प्रतिभाको प्रस्फुटन गर्ने हेतुले कोरोनाको विषयलाई नै मध्यनजर गर्दै “कोरोना,प्रभाब र यसबाट बच्ने उपायहरु” शिर्षकमा निबन्ध प्रतियोगिता पनि मर्यादित रुपमा सम्पन्न गरिसकेको कुरा पनि नवीन भुसालले जानकारी गराए। उक्त कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सम्पन्न गर्न आफ्नो सानो अनुरोधलाई स्विकार्दै उपस्थित भैइदिनुहुने सम्पुर्ण आदरणीय ब्याक्तित्वहरुलाइ साथै सम्पुर्ण अग्रजहरु, गुरुबर्गहरु लगायत सम्पुर्ण नेविसंघ मनहरुप्रती अत्यन्त आभारी रहेको र आगामी दिनहरुमा पनि नेविसंघ वन विज्ञान अध्ययन संस्थान पोखराबाट यस्ता कार्यक्रमहरु संचालन भैइरहने कुरा रिजालले जानकारी गराए ।

 

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here