राष्ट्रिय

गायक राम्जी पौडेलका गितले बजार तताउदै।।।

शिव बराल

पोखरा ।।। तिजको रमझम सुरु भए सगै पछिल्लो समय तिज गितहरुले बजार तातिरहेका छन। महिलाहरुको महान चाड हरितालिका तिज ‘पीडा भुलाउने चाड’को रुपमा चर्चा गरिए पनि पछिल्लो समय भने दाम्पत्य जिवनमा आउने खुसियाली तथा उत्तरचढाब ,दिदिभाइका सम्बन्ध लगायत लाई उठान गर्ने चाडको रुपमा पनि हेरिएको छ।यो चाडमा खास गरि महिला हरु व्रत बस्छन भने पुरुषहरु दिदी बहिनी तथा श्रीमतीलाई खाना पकाउन लगायतमा सहयोग गरि रमाइलो गरि साथै गितहरु गायर तथा नाचेर पनि मनाउने चलन रहेको छ।
यहि हरितालिका तिजलाई मध्यनजर गर्दै बर्सेनि दर्जनौ गायक गायिकाहरुले तिज कोशेलीको रुपमा गितहरु बोकेर आउछन। कोइ सर्जकहरुले राम्रा गितहरु ल्याउछन भने कोइ उत्तौला पाराका गितहरु पनि बजारमा आउने गरेका छन। पछिल्लो समय गितसंगितलाइ राम्रो सग नबुझेका तर ब्यबशायिक मुनाफाका लागि मात्र आएका गितहरुले लोकसङ्गितलाइ नै असर गरि रहेका छन।
सिमित सर्जकहरुले मात्र समाजका आवाजहरुलाइ उठान गर्न र नेपाली लोक सङ्गितलाइ जिवन्त राख्न भुमिका खेलेको पाइन्छ।
पछिल्लो समय बजारमा सकारात्मक चर्चा चलेका गायकमा राम्जी पौडेलको पनि नाम लिने गरिन्छ। राम्जी पौडेललाई बिगत लामो समय देखि स्थापित गायकको रुपमा हेरिन्छ।
हालसालै उनको तिज कोशेली को रुपमा बजारमा “नकचरो पोइ” आएको छ। झ्याप्प सुन्दा गितको शिर्षक अपाच्य जस्तो लागेपनि यो गितले भने राम्रो सन्देश दिन खोजिरहेको पाइन्छ। पोइ भन्ने शब्द नेपाली ठेट शब्द हो। गित भित्र खासगरी दाम्पत्य जिवनमा हुने उत्तारचढाबलाई उठान गरिएको छ। गल्तीहरुलाई महसुस गराउन खोजिएको छ। पौडेलको आफ्नै लय तथा स्वर रहेको उक्त गित मा माया गुरुङको पनि स्वर सुन्न सकिन्छ।

१ बर्ष अगि सार्वजनिक भएको पौडेलको स्वरमा सजिएको “बाबा जि को आगन भत्किएछ बाइ” गितले पनि अत्यन्तै चर्चा कमाएको थियो। खास गरि मौलिक गितलाइ प्राथमिकता दिने पौडेल अहिले सम्म कुनै पनि बिषयमा आलोचित भएका छैनन।आफूलाई स्वच्छ छबिको रुपमा स्थापित गराएका पौडेलले गितसङ्गितलाई आफ्नो पेशा मात्र हैन प्रतिष्ठाको रुपमा पनि हेरिरहेका छन।पोखरा बाट गायन सुरु गरेका पौडेललाइ अहिले भने राष्ट्रिय लोकसङ्गित कलाकारको रुपमा चर्चा गरिन्छ।
राम्जी पौडेलको नया तिज गित ” नकचरो पोइ” को लिङ्क तल दिएको छ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here