राष्ट्रिय

चितवनमा कर्फ्यू जारी, बाहिरबाट आएका प्रदर्शनकारीलाई स्वविवेकले चितवन छाडेर जान सुझाव

काठमाडौ । पत्रकार शालीकराम पुडासैनी आत्मह’त्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनामाथि छानबिन र कारबाही नगर्न दबाब दिँदै निरन्तर प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले चितवन भरतपुरका केही स्थानमा कर्फ्यू जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भरतपुरको पूर्वमा बाईपास सडक अन्र्तगतको आन्तरिक राजश्व कार्यालय चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिममा पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म, उत्तरमा बाईपास सडकको आन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक नारायणी माबी चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्व पश्चिम राजमार्गको चौबीसकोठीसम्म यसैगरी दक्षिणमा बाईपास सडक तर्फको घरेलु कार्यालयको चोकदेखि दुरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । उक्त क्षेत्रमा भेला भएर नारा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाएको हो ।

अस्पताल सिटीमा रुपमा चिनिने भरतपुरको उक्त क्षेत्रमा धेरै अस्पताल तथा स्वास्थ्य संस्था छन् । साथै त्यस क्षेत्रमा मुद्धाको अनुशन्धान, अभियोजन र न्यायिक निरोपरण गर्ने निकायहरु रहेको क्षेत्रमा हुलदंगा र अशान्ति हुने देखिएका कारण कर्फ्यू जारी गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्धारा जारी सूचनामा उल्लेख छ । त्यहाँ एकैठाँउमा ५ जना भन्दा बढी मानिस भेला हुन नपाउनेगरी आदेश जारी गरिएको छ । आदेश अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको छ ।

२० साउनमा नारायणगढको एक होटलमा आत्मह’त्या गर्नुअघि पुडासैनीले रेकर्ड गरेको भिडियोमा न्यूज २४ टेलिभिजनका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेका छन् । उनीहरुका कारण आफु आत्मह’त्या गर्न बाध्य भएको पुडासैनीले बताएका थिए । सोही कारण लामिछाने सहितलाई प्रहरीले पक्राउ गरी चितवन लगेको थियो । हाल आरोपी तीनैजनाको अनुशन्धान पुरा गरेर प्रहरीले फाईल सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीको फाईल हेरेर सरकारी वकिल कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग दर्ता गराएको छ । दर्ता भएको अभियोगमा उनीहरुसँग बयान लिने काम भइरहेको छ । यसअघि अदालतले अनुशन्धानका लागि प्रहरीलाई दुई पटक गरेर १० दिनको म्याद दिएको थियो ।

लामिछाने सहितमाथिको अभियोगमा छानबिन नगर्न र कारबाही नगर्न माग गर्दै भरतपुर क्षेत्रमा केही दिनयता राजधानी र मुलुकका अन्य केही भागबाट गएको समूहले निरन्तर प्रदर्शन गर्दै आएको छ । छानबिन प्रभावित गर्ने गरी दबाब दिने उद्देश्यले जारी प्रदर्शन अराजक बनाउन खोजिएको सूचना पाएको भन्दै यदि त्यस्तो भए चितवन बाहिरबाट आएका सबैलाई बलप्रयोग गरी आ–आफ्नो स्थानमा फकाईदिने प्रहरीले समेत स्पष्ट पारेको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here