राष्ट्रिय

स्व. गणेशमानको सम्झनामा ने.वि संघ द्वारा द्वीप प्रज्वलन

। पोखरा -८ सिमलचौर, मिति २०७७-०२-३० गते संस्थापक क्याम्पस प्रमुख स्व. गणेशमान पालीखेको सम्झनामा द्वीप प्रज्वलन कार्यक्रम समापन भयो। उक्त कार्यक्रमको संयोजक निर्दोष विक्रम पौडेल ( ने. वि संघ मूल इकाई उप सभापति ) रहेका थिए भने मूल इकाई सचिव सागर अधिकारी ले कार्यक्रम सञ्चालन गरेका थिए। यस्ता कार्यक्रमले क्याम्पसको गतिविधिमा थप हौसला दिने भन्दै स्ववियू सभापति आशिक गुरुङ्ग उक्त कार्यक्रमका प्रमुख अतिथिले बताएका थिए। साथै स्ववियु सचिव ध्रुवराज अधिकारीले स्व. गणेशमान पालिखे को जनप्रिय क्याम्पसमा अतुलनिय योगदान रहेको बताए।
मूल इकाई उप सभापति आदित्य देवकोटा ले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमका वक्ताहरूमा नेविसंघ कास्कीका नेता राजीव बास्तोला, पोखरा विश्वविद्यालयका नेता डिफान भुजेल, अशिम सुवेदी, पृथ्वीनारायण क्याम्पसका विद्यार्थी नेता गौरव बराल , विवेक पराजुलि लगायत विभिन्न संघ संस्थामा आवद्व समाजसेवी हरुको उपस्थिति थियो । कार्यक्रमको प्रशंसा गर्दै उक्त क्याम्पसको ने वि संघ +२ इकाई सभापति रोशन ढकाल लगायत विभिन्न विद्यार्थी हरु उपस्थित थिए।

 

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here