राष्ट्रिय

जिम्मेवार नागरिक तथा ईमान्दारीताको प्रतिमुत्ति: बुद्धि गुरुङ

 पोखरा १२ शान्तिटोल निवासी बुद्धि गुरुङले बाटोमा भेटिएको पर्स फिर्ता गरेका छन् ।
करिव ३० हजार नगद र अत्यावश्यक कागजात सहितको पर्स जोमसोम स्थायी घर भई हाल लाँलीगुराँस टोल बस्ने बिकल शेरचनले आफ्नो छोरालाई बि.पी मार्गस्थित मैत्रीय पाठशालामा छोडेर नदीपुर जाने क्रममा शान्तिटोलमा पर्स खसालेका थिए ।
उनलाई ईमान्दारीताको कदर स्वरुप समाजसेवी विकल शेरचनले नगर २००० पुरस्कार प्रदान गरे । इमानदारीताका नमुना बुद्धि गुरुङ सामन सिंह गुरुङ र माता दिलमाया गुरुङका सुपुत्र हुने । उनले हालै भद्रकाली मावि वाट १२ को परिक्षा दिएका हुन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here