राष्ट्रिय

पोखरामा ठगी गर्ने सार्वजनिक

पोखरा, १ भदौ
कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने ३ जनालाई सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा–१ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भंगेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्माालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति रु १३ लाखमा बिक्री गरेका थिए ।
प्रहरीले उनीहरूको साथबाट पहेँले धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
१ महीनाको अवधिमा विभिन्न १ सय ६१ मुद्दामा २ सय ५२ पुरुष र २ सय ९९ महिलालाई पक्राउ गरिएको थियो । सो अवधिमा ५ हजार ९ सय सवारी चालकलाई गरिएको कारवाहीमा रु ४४ लाख ७५ हजार र अवैध जुवा खेल्नेबाट रु ५ लाख ८० हजार ८ सयसहित जम्मा रु ५० लाख ५५ हजार ८ सय राजश्व संकलन भएको उनले बताए ।
दर्ता भएका मुद्दामध्ये लागुऔषध १७, अवैध जुवा खेल्ने १२ स्थानबाट ८४, साइबर क्राइममा ४३ र सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत ९४ मुद्दा दर्ता भएका थिए ।
यसैगरी पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चोरी गर्दै आएका पोखरा २३ चापाकोट घर भई पोखरा ३ तेर्साट्टी बस्ने २० वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरिएकोे प्रहरीले जनाएको छ । उनको साथबाट सुनको मंगलसुत्र १ थान, नेक्लेस १ थान, सुनको झुम्का १ जोर र फलामको हथौँडा, रड र फलामको छिनो बरामद गरिएको थियोे ।
१ महीनाको अवधिमा प्रहरीले ५ सय ७ लिटर अवैध मदिरा र मदिरा बनाउन प्रयोग गरिएका भाँडा बरामद गर्नुका साथै १ पुरुष र २६ महिलालाई नियन्त्रणमा लिई कारवाहीको लागि आन्तरिक राजश्व कार्यालयमा पठाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैगरी प्राकृतिक स्रोत दोहन अन्तर्गत १२ मालबाहक सवारी साधान (ट्रिपर,एक्साभेटर र ट्रक) नियन्त्रणमा लिई कारवाहीको लागि पोखरा महानगरपालिकामा पठाइएको छ भने कतिपय जिल्ला समन्वय समितिमासमेत पठाएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here