राष्ट्रिय

नाचेर गिनिज बुकमा नाम लेखाएका रुबिशा र एलिसा अहिले समाजसेवामा !

एकैसाथ गिनिज बुकमा नाम लेखाउन सफल दुई दिदी बहिनी रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ सामाजिक कार्यमा लागेका छन् । समाजमा भएका बिपन्न परिवारलाई सहयोग जुटाउने काममा उहाँहरुले देखाउने सक्रियता प्रशंसायोग्य छ । केही समय अगाडि चन्द्रागिरी नगरपालिका वडा नम्वर ६ बालागाउँमा बसोबास गर्दै आउनु भएकी हरिमाया तामाङलाई क्यान्सर रोगले सताउँदा श्रेष्ठ दिदी बहिनीले आर्थिक सहयोग उपलब्ध गराए । क्यान्सर रोगसँग लडिरहनु भएकी हरिमाया तामाङ अहिले ठूलो समस्यामा छिन्।
श्रेष्ठ दिदी बहिनीले उपलब्ध गराएको सहयोगले केही राहत मिलेको बताइन । अहिले दुई दिदीबहिनीले क्यान्सर पिडित हरिमाया तामाङलाई बचाउने अभियान शुरु गरेका छन्। समाजमा रहेका यस्तै दुःखी, पीडित, बालबालिका, बुढा बुढी जो कोहीलाई पनि उहाँहरुले सहयोग गर्ने बताए । दुई बहिनी रुबिसा र एलिसाले एउटै स्टेजमा ४१ घन्टा नाचेर केही समय अगाडि गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए।

 

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here