राष्ट्रिय

निकिताको उजुरी लिन किन मानेन प्रहरीले ? (भिडियो)

निकिताको उजुरी लिन किन मानेन प्रहरीले ? शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने सहित तीन विरुद्ध यती बेला कानुनी अनुसन्धान चलिरहेको छ । शालिकरामले आत्महत्या अगाडी आफूलाई आत्महत्या गर्ने अवस्थामा ल्याइपुर्याएको भन्दै तीन जनाको नाम लिएका थिए । पुडासैनीले आत्महत्या अघि आफूलाई लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेलले मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो प्रहरीले पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैँ खिचेको पुष्टि भएको जनाएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यसैबिच रवि लामिछानेकी श्रीमती निकिता पौडेलले आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेर रविलाई फसाएको भन्दै बुधवार महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिन पुगेकी थिइन् । तर, प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन । भिडियोको विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै प्रहरीले उनलाई फिर्ता पठाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीका अनुसार निकिताको उजुरी आफ्नो कार्यक्षेत्रमा नपर्ने भएकाले सम्बन्धित ठाउँमा गएर उजुरी दिन सुझाव दिएर फर्काइएको हो । उनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक सङ्केत कोइराला विरुद्ध उजुरी दिन लागेकी थिइन् ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here