राष्ट्रिय

पोविविको रिले अनशन स्थगित, थप दवाबमुलक कार्यक्रमको हुने

शिव बराल

पोखरा, ३ भाद्र।। नेपाल विद्यार्थी संघ केन्द्रिय सभापति राजीव ढुङ्गाना र महामन्त्री दिपक भट्टराईको संयुक्त निर्देशनमा नेविसंघ पोखरा विश्वविद्धालय मुल इकाइ समितीको रिले अनसन केही दिनको लागी स्थगित भएको छ।
११ महिना देखि उपकुलपति र रजिस्ट्रार बिहिन बनेको पोखरा बिश्वबिद्धालयको नेतृत्व माग गर्दै नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाइ समिती २६ दिन देखि अनशनरत थियो। समुदाय स्तरमा कोरोना फैलिए संगै कास्की जिल्ला प्रशासनले नै २०७७ भाद्र २ राति १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि नेविसंघको अनशन पनि केही दिनको लागि स्थगित हुन लागेको नेविसंघ कास्कीका नेता प्रताप बानियाले माछापुच्छ्रे न्युजलाई जानकारी दिए ।
भाद्र २ गते संघका सभापति फिरोज सुवेदी ले सुचना जारीगर्दै केन्द्रिय सभापति राजिब ढुङ्गना र केन्द्रिय महामन्त्री दिपक भट्टराईको संयुक्त निर्देशनमा रिले अनसन हाल लाई स्थगित भएको जानकारी दिए ।
पोखरा बिश्वबिद्धालयको रिले अनसनलाई नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले ऎकेबद्दता जनाउंदै आइरहेको थियो।
सभापति फिरोज सुबेदिका अनुसार बिगत ११ महिना देखि उपकुलपति र रजिस्ट्रार बिहिन बनेको पोखरा बिश्वबिद्धालयमा केही समय देखि बिश्वबिद्धालयका महत्वपूर्ण पद परिक्षा नियन्त्रक,संकाय डिन तथा स्कुलका डिरेक्टर हरु पनि रिक्त छन। उक्त पद हरु रिक्त भएकाले बिश्वबिद्धालयका चालीस हजार विद्यार्थीको भविष्य अन्योल परि रहेको छ। बिश्वबिद्धालाई अनिर्णयको बन्दिबाट मुक्त गराई रिक्त पदहरु यथाशीघ्र परिपुर्तीको माग राख्दै नेविसंघ अनसन बस्न बाध्य भएको सुबेदिले सुचित गरेका छन्। तर २५ दिन सम्म को दिनरातको रिले अनशन बस्दा पनि सरकार मौन बसि रहनु बिडम्बना भएको गुनासो गरे ।


पोखरा बिश्वबिद्धालयको कार्यालय (अनसनरत क्षेत्र) पनि कास्की भित्र नै पर्ने हुंदा निषेधाज्ञाको पालना गरि आगामी दिनहरुमा थप दवाबमुलक कार्यक्रम हरु को तयारी गर्ने नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिका आ.जिल्ला सदस्य दिनेश पौडेलले जानकारी दिए ।
मंगलबार बेलुका ९ बजे अनसन स्थगित गरिएको हो।अनसन स्थगित कार्यक्रममा तरुणदलका नेताद्वय सुवास भण्डारी र प्रकाश पुन,पोबिबी नेविसंघ मूल ईकाइ समिति सभापति फिरोज सुवेदी लगायतको उपस्तिथि रहेको थियो।तरुण नेताद्वय भण्डारी र पुनले नेविसंघ ,तरुण दल र सिङ्गो नेपाली कांग्रेसको कुरा समयमा नसुन्दा के हालत हुन्छ एकपटक राणा काललाई सम्झिए पुग्छ भन्ने अभिव्यक्ति दिए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here