राष्ट्रिय

नेविसंघ स्थापना दिवसमा रक्तदान, अञ्चल अस्पताललाई पिपिई सेट हस्तान्तरण

बागलुङ : नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा धौलागिरि अञ्चल अस्पताललाई पिपिई वितरण गरिनुकासाथै रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।   नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले धौलागिरि अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेनडेन्ट डा. शैलेन्द्र विक पोख्रेललाई ७ थान पिपिई सेट प्रदान गरेका हुन्। पिपिई सेट हस्तान्तरण गर्दै उनले विश्वको मानव समुदाय नै कोरोना भाईरसले संकटमा परेको बेला अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको जीवन रक्षाका लागि सहयोग पुर्याउनु सबैको दायित्व भएको बताए । ‘कोरोना भाईसले विश्वका शक्ति सम्पन्न र मै हुँ भन्ने देशहरुलाई पनि घुँडा टेक्न बाध्य पारेको छ,’ सुवेदीले भने,‘सबै ज्यानको माया गरेर घरभित्रै बस्दा डाक्टर र स्वास्थ्यकर्मीहरु अरु बेला भन्दा झन् बढि काममा खटिनुपरेको छ । उहाँहरुको जीवन रक्षाका लागि आवश्यक व्यवस्थापन मिलाउनु सबैको दायित्व हो ।’

सबैको साझा प्रयासबाट मात्रै कोरोनाबाट मुक्ति मिल्ने उनको भनाई थियो । ‘अहिले लक डाउन चलिरहेको छ, सबैले यो समयमा आ—आफ्नो भूमिका सम्झनुपर्छ,’ सुवेदी भन्छन्,‘हाम्रो स्वास्थ्य र जीवन रक्षाका लागि उहाँहरु युद्धामा होमिनुभएको छ । हामीले थोरै भए पनि उहाँहरुको सुरक्षामा सहयोग गर्नु आफ्नो कर्तव्य थानेर पिपिई सेट हस्तान्तरण गर्ने निधोमा पुगेका हौं ।’ मुलुकमा राजनीतिक परिवर्तनका लागि स्थापना भएको नेविसंघ अब शैक्षिक र आर्थिक परिवर्तनको अगुवाई गर्ने अवस्थामा पुगेको बताए ।

‘आज नेविसंघ स्थापना भएको ५१ वर्ष पुगेको छ, नेविसंघ स्थापना हुँदा प्रजातन्त्रको अधिकार प्रखर मुद्दा थियो,’ उनले भने,‘अहिले शैक्षिक रुपान्तरण र आर्थिक समुन्नती मुख्य मुद्दाको रुपमा अगाडी आएको छ । यसमा नेविसंघले अगुवाइ गर्दै अगाडी बढ्छ ।’ धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरीटेनडेन्ट डा. शैलेन्द्र बी पोख्रेलले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि विभीन्न राजनीतिक र सामाजिक संंघ संस्था र व्यक्तिले खेलेको भूमिकाका प्रशंशा गरे ।

 

‘राजनीतिक र सामाजिक व्यक्तित्वहरु र संघ संस्थाले हामीलाई हाम्रो काममा निरन्तर हौसला प्रदान गर्नुभएको छ,’ उनले भने,‘हाम्रो सुरक्षाका लागि आवश्यक पर्ने पिपिई सेट दिएर धेरैले गुण लगाउनुभएको छ । तपाईहरुको यो काम निकै प्रशंसनीय छ ।’ अस्पतालमा आईसियु निर्माणको अन्तिम चरणमा पुगेकाले अब कोरोना संक्रमित र अन्य बिरामकिा लागि पनि उपचारमा अझ बढि सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रम नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खडक थापाको अध्यक्षता र जिल्ला सदस्य रामचन्द्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी बागलुङ अन्तर्गतको रक्तसञ्चार केन्द्रको सहयोगमा ७ जनाले रक्तदान पनि गरेका छन् । लक डाउनको समयमा कुनै पनि बिरामीले रगतको अभावले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको नेविसंघ बागलुङका अध्यक्ष खडक थापाले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here