राष्ट्रिय

ने.बि.संघको स्थापना दिवस कास्कीमा यसरी मनाइयो !!

नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा बैशाख ६ गते देशभर विभिन्न ठाउँमा राहत बितरण, चोक चोकका सुरक्षाकर्मीलाई र प्रहरी कार्यालयमा पानी बितरण लगायतका अन्य कार्यक्रमहरु सामाजिक दुरी कायम गरि मनाइएको थियो। सो अवसरमा कास्कीमा पनि नेपाल विद्यार्थी संघले ड्युटीमा बसेका प्रहरीलाई पानी बाडेर, मुख्य प्रहरी कार्यालयहरुमा पानी हस्तान्तरण गरेर र केही मर्कामा परेका विद्यार्थीलाई राहत बितरण गरेर मनाएको ने.बि. संघ कास्कीका नेता बिपिन पौडेलले हामीलाई जानकारी दिए।
उक्त कार्यक्रममा ने.बि. संघ पुर्ब केन्द्रीय सदस्य (सरोज केसी, गोपाल गुरुङ ) ने.बि. संघ कास्की नि बर्तमान सभापति बिकास थापा, जनप्रिय क्याम्पसका स्व.बि.यु. सभापति आशिक गुरुङ, ने.बि. संघ कास्कीका नेता डिफान भुजेल, बिजय घिमिरे र बिपिन पौडेल सहभागी भएका थिए भने ने.बि. संघका प्रभावशाली नेता एबम युवा पर्यटन ब्यसायी किरण बरालले आर्थिक सहयोग गरेर कार्यक्रम थप प्रभावकारी बनाउन मद्दत गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीय वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार लगायतका विभिन्न प्रहरी कार्यालयहरुमा ५०/५० कार्टुन पानी चोक चोकमा ड्युटी गर्ने प्रहरीलाई दिनु भनेर हस्तान्तरण गरेको थियो भने चोक चोकमा ड्युटी गरेर बसेका सयौं नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ५/७-५/७ कार्टुन बांडेको थियो।
यस्तै ने.बि. संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले लकडाउनको आगामी दिनहरुमा समेत ने.बि. संघले यस्तै सर-सहयोग, मारमा परेका विद्यार्थीलाई राहत बितरण तथा सुरक्षाकर्मीहरुको मनोबल बढाउन विभिन्न कार्यहरू गर्ने प्रतिबद्धता जनाउँदै बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल र बिश्व जगतलाई छिट्टै नै उन्मुक्ति मिलोस भन्ने प्राथना आफुले गरेको र सबैले गर्न आग्रह समेत गरे। साथै जनप्रिय क्याम्पसका स्वबियु सभापति आशिक गुरुङले नेपाल विद्यार्थी संघले प्रहरी हाम्रो साथी भन्ने भनाईलाई आफुहरुले यो समयमा आत्मसात गरेर आफुहरुले सक्दो सहयोग गर्ने र प्रहरीलाई स्वयंसेवक चाहिएको खण्डमा नेपाल विद्यार्थी संघलाई सम्झन समेत अनुरोध गरे।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here