राष्ट्रिय

पि एनमा नेवि संघको बैठक, चैत २५ मा अधिवेशन हुने

नेपाल विद्यार्थी संघ, पृथ्वीनारायण क्याम्पसमा भेटघाट तथा भेला कार्यक्रम सम्पन्न भएको छ । मुल ईकाई समितिको आयोजनामा माघ २४ गते भएको सो बैठकमा संगठनको आन्तरीक विषय, संगठन विस्तार र क्याम्पसका विविध विषयमा छलफलका भएको थियो ।

कार्यक्रममा बोल्दै लम्जुङ पोखरा सम्पर्क समाजका सचिव, सन्तोष अधिकारीले संगठनले गुठबन्दी चिरेर एकढिक्का भएर विद्यार्थीको मुद्दामा केन्द्रित भएर लाग्नु पर्नेमा जोड दिए साथै लोकतान्त्रिक पद्दतिमा चुनाव हुनु पर्ने बताए । अर्का वक्ता गौरव वरालले संगठन बलियो हुनु पर्नेमा जोड दिए । साथै संगठनलाई प्राथमिकता दिन आग्रह गरे ।
अर्का वक्त निसान ढकालले सभापतिमा भिजन हुनु पर्ने बताए । साथै उनले घोषणा पत्र सान्दभिक हुनु पर्नमा जोड दिए ।

कार्यक्रममा वोल्दै सुमित पराजुलीले संगठन विधान सम्वत चल्नु पर्ने बताए । साथै अवको सभापति एजेण्डा लिएर आउनु पर्नेमा जोड दिए । कार्यक्रममा कार्यकारी विधान लामेछानेले क्षमतावान ान्छेले पद पाए कार्य पनि राम्रो गर्ने बताए ।
साथै सो वियु उमेदवार रेशम हमालले अवको सभापनि डाइनामिक हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेवि संघ पुर्व केन्द्रिय सदस्य गोपाल गुरुङले राजनितिमा निरन्तरता चाहिने, अकासको तारा झार्ने सपना नदेख्न आग्रह गरे । साथै उनले आफु कमजोर छु भन्ने मानसिकता नराख्न अनुरोध गरे ।
कायैक्रममा बोल्दै पिएन मुल ईकाईका सभापति दिपक वाग्लले संगठनले निकास पाउछ भने आफु सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा बोल्दै उनले अब क्याम्पसमा छिटै वि पि स्कृति पार्क शिलन्यास हुन लागेको जानकारी दिए ।

सो बैठकबाट ५ दिन भित्र,ईकाइ सभापति दिपक वाग्ले को अध्यक्षता मा पुर्ण समिति गठन गर्ने, र चैत २५ मा मुल ईकाइ समिति को अधिवेशन गर्ने,र यस विच मा सम्पूर्ण संकाय समिति , र सम्पर्क समिति को अधिवेशन गर्ने,र क्याम्पस मा ससक्त सिर्जनात्मक गतिविधि गर्ने निर्णय भएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here