राष्ट्रिय

पि एन क्याम्पस प्रमुखको कार्यकक्षमा ने वि संघको तालाबन्धी

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्धी गरेको छ ।

कोरोनाको महामारीमा अनलाईन मार्फत पठनपाठन भएको र सो समयको टिउसन फि र परीक्षा शुल्कभन्दा अरु विभिन्न शीर्षकमा लिइने शुल्क नतिर्ने माग राख्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालिबन्दी गरेका थिए । पटक पटक गुनासो गर्दा पनि सुनुवाई नभएपछि क्याम्पस प्रमुखको कार्यकक्षमा माग संवोदन नहुँदा सम्माको लागि अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको कानुन समन्यव समिति पुथ्वीनारायण क्याम्पसका सभापति राजेन्द्र पराजुलीले बताए ।

धेरै पटक मागलाई क्याम्पस प्रशासन समक्ष पेश गर्दा समेत प्रशासनबाट वेवास्ता भएको कारण तालावन्दी गर्न वाध्य भएको विद्याथीे नेता शुशिल न्यौपानेले बताए ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here