राष्ट्रिय

पोखराको वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गरने व्यक्ति पक्राउ

पोखरा २९ साउन। पोखराका वडा कार्यालयहरुमा चोरी गर्दै हिड्ने लाई कास्की प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेको छ ।

पोखरा काठमाण्डौ महानगरपालिका –११ स्थायी ठेगाना भएर पोखरा महानगरपालिका–१० मा कोठा भाडामा बस्दै आएका ५१ वर्षका किशोर थापा पक्राउ परेका हुन् ।

उनले केही समयको अवधिमा पोखराका वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गरेका थिए । उनी यसअघि पनि चोरी मुद्दामा पटक–पटक जेल परिसकेका व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ । यसअघि उनी चोरी मुद्दामा एक पटक पाँच वर्ष र अर्को पटक तीन वर्ष जेल बसेका थिए । पछिल्लो पटक विसं २०७४ सालमा जेलबाट छुटेर थापा फेरि चोरी धन्दामा लागेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

थापासँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको कलंकीमा कम्प्युटर मर्मत पसल चलाउँदै आएका गोपालीले चोरीको सामान किनबेच गर्दै आएको अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएको छ ।

उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट मुद्दा दर्ता गरी थप अनुसन्धन गरी रहेको एसपि कार्कीले बताए । पोखरा महानगरपालिकाका ३३ वटा वडा कार्यालय मध्ये ११ वटा वडामा चोरी भएको थियो । पोखरा ५, १२, १३ १४, १५, १६, १९, २५, २९ र ३१ कार्यलयको ताला फोडेर चोरी भएको थियो । वडा कायालयबाट कम्प्युटरहरु चोरी हुने गरेको थियो ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here