राष्ट्रिय

पोखरामा भूकम्प धक्का

पोखरा, २ चैत
कास्कीको लुम्लेलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । भूकम्प ५ रेक्टर स्केलको भएको बताइएको छ । राति ८ बजेर ४५ मिनेटमा गएको भूकम्प धक्का करिब ७ सेकेण्डको थियो । भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का कास्की, तनहू, गोरखा हुँदै धादिङसम्म पुगेको बताइएको छ । साथै कास्कीको छिमेकी जिल्ला पर्वतमा पनि भूकम्पको सामान्य धक्का महसूस भएको बुझिएको छ ।
भूकम्प जाँदा पोखराका भवनहरू थर्किएका थिए । त्यसपछि केही मानिसहरू भूकम्प भूकम्प भन्दै सडकमा निस्किएका थिए । पोखरामा गत पुस १७ गते पनि भूकम्प गएको थियो । यो पनि नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते गएको भूकम्पकै पराकम्पन हुन सक्ने बताएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here