राष्ट्रिय

प्रधानमन्त्री लाई खुल्ला पत्र ~ प्रकट खनाल

सम्माननीय प्रधानमन्त्री ज्यु,
नेपालकै दोस्रो ठुलो बिश्वबिध्यालयको रुपमा रहेको पोखरा बिश्वबिध्यालय ९ महिना देखि अभिभावक बिहिन भएको छ, जसकारण देशका विभिन्न भुभागबाट दक्ष जनशक्ति बन्ने अभिलाषा बोकेका करिब ४० हजार बिद्यार्थीहरु टुहुरा भएका छन् । अहिलेको यस्तो बिसम परिस्तिथिमा पठनपाठन ठप्प छ र सो पठनपाठनलाई बैकल्पिक ढंगमा कसरि अगाडी लैजाने भन्ने कुराको निर्णय गर्ने पदाधिकारी नभएकाले कयौं बिद्यार्थी मर्कामा परेका छन।

बिश्वबिध्यालय जस्तो संबेदनसिल ठाउँमा शैक्षिक माफियाको कुरा सुन्ने , भागबण्डाको खेल खेल्ने , भोटको हिसाब किताब गर्ने , षड्यन्त्रकाको लिला रच्ने तर ९ महिना सम्म कुनै निर्णय गर्न नसक्ने यो सरकारले गर्न् खोजेको बिरामी राजनितीको असर हो जुन नेपाल सरकारको कमजोरी हो । बिद्यार्थीको भबिष्य उज्यालो बनाउन र बिश्वबिध्यालयलाइ अभिभावक प्रदान गरिदिनुहुन बिश्वबिध्यालयको कुलपति एबम सम्माननीय प्रधानमन्त्रीलाइ अनुरोध गर्दछु ।

प्रकट खनाल
(लेखक पोखरा बिश्वबिध्यालयका बिद्यार्थी हुन।)

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here