राष्ट्रिय

फूलबारीमा पोखरा इन्टरनेट

पोखरा, १ भदौ

इन्टरनेट सेवा प्रदायक ‘पोखरा इन्टरनेट’ ले आफ्नो पछिल्लो सेवा केन्द्रको कार्यालय पोखराको फूलबारीमा स्थापना गरेको छ । ग्राहकहरूलाई बढि भन्दा बढि सेवा दिने उद्देश्यले सेवा केन्द्र विस्तार गरिएको कम्पनीले जनाएको छ । पोखरा इन्टरनेटमा लामो समयदेखि कार्यरत बाघबीर लामाले शाखा कार्यालयको उद्घाटन गरेका थिए । ‘पोखरा इन्टरनेटले कम्पनीका कर्मचारीलाई पनि यसरी सम्मान दिएर कार्यालय उद्घाटन गर्न दिँदा निकै खुशी लागेको छ । र, म कम्पनीको यो निर्णयप्रति कृतज्ञ छु’, बाघबीरले भने ।
फुलबारीमा सेवा केन्द्र बिस्तारसँगै त्यस क्षेत्रका प्रयोगकर्ताहरूका लागि अफै बढि सजिलो हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोज कोईरालाले बताए । ‘ग्राहकलाई कम्पनीका हरेक सेवा लिन अझै बढि सजिलो हुने हाम्रो विश्वास छ । केही समस्या आएको खण्डमा पनि सेवा केन्द्रबाट तत्काल समाधानको प्रयास हुनेछ । र, ग्राहकका लागि यो अझै सुविधायुक्त हुनेछ’, उनले भने ।
पोखरा इन्टरनेटले प्रयोगकर्ताहरूको सुविधालाई सँधै आफ्नो पहिलो प्राथमिकतामा राखेर अगाडी बढिरहेको कम्पनीका जनरल म्यानेजर विजेशशंकर पालिखेले बताए । ‘इन्टरनेटसँगै क्लियर टिभी र इन्टरनेट सम्बन्धी विभिन्न डिभाइसहरू हामीले लञ्च गर्दै आएका छौँ । र, यी सबै कुरा ग्राहकहरूको सन्तुष्टिकै लागि हुन्’, विजेशले भने ।
कम्पनीले यस अघि पोखराको जिरो किलोमिटरमा सेवा केन्द्र विस्तार गरेको थियो । पोखरा गैरापाटनमा मुख्य कार्यालय रहेको कम्पनीले पोखरासँगै आसपासका जिल्लाहरूमा समेत सेवा विस्तार गरिसकेको छ । गण्डकी प्रदेशलाई नै लक्षित गरेर कम्पनीले सेवा विस्तार गरिरहेको जनाएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here