राष्ट्रिय

भिभो मोवाइलको नयाँ ब्राण्ड वाइ १२ एस बजारमा

पोखरा, २६ माघ ।

मोवाइलमा लोकप्रिय ब्राण्ड भिभोले नयाँ स्मार्ट फोन पोखरामा सार्वजनिक गरेको छ । चीनको बीबीके ग्रुप अन्तर्गतको हङफू इन्टरनेशनलले उत्पादन गरेको भिभो वाइ १२ एस (Y12S) नामको मोवाइल पोखरामा सार्वजनिक गरेको हो । हङफू इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सिइयो) मार्सले उक्त मोवाइल सार्वजनिक गरेका हुन् ।

भ्यालेन्टाइन अर्थात प्रेम दिवसलाई मध्यनजर गर्दै सार्वजनिक वाइ १२ एस मोवाइल निकै लोकप्रिय बन्ने दावी गरिएको छ । यो मोवाइलमा अन्य भन्दा धेरै फरक विशेषता रहेको कम्पनीको दावी छ । विशेषगरि यो मोवाइलमा युवाको रोजाइ हुन सक्ने बताइएको छ । नयाँ मोवाइलबाट कम्पनीले निकै ठूलो आशा गरेको जनाएको छ ।

 

रिटेल मिट र नयाँ मोवाइल लन्च कार्यक्रममा कम्पनीका असिस्टेन्ट सेल्स म्यानेजर नवीन बज्राचार्यले भिभो उत्कृष्ट मोवाइल भएको दावी गरे । कम्पनीका प्रमोटर ईश्वर खत्रीले भिभो मोवाइलको लोकप्रियता बढ्दै गएको दावी गरे । कार्यक्रम सञ्चालन शजन्ती महर्जनले गरेकी थिइन् । कार्यक्रममा म्याग्दी, तनहूँ र कास्कीका मोवाइल विक्रेता सहभागी थिए ।

भिभो मोवाइलको पोखराका लागि आधिकारिक विक्रेता श्रेष्ठ ट्रेडर्स रहेको छ । यो संस्थाका सञ्चालक सुनिल श्रेष्ठले भिभो मोवाइल सोचेभन्दा उत्कृष्ट र ग्राहकले पनि निकै रुचाएको बताए ।

मोवाइलमा १३ मेगापिक्चलको मुख्य र प्लस २ मेगापिक्चलको अर्को क्यामेरा रहेको छ । यस्तै साइड फिंगर प्रिन्ट, ६.५१ इन्चको एचडी प्लस डिस्प्ले, पाँच हजार एमएचजेडको ब्याट्री, उत्कृष्ट प्रोसेसर र अपरेटिङ सिस्टम, लो र सुपर पावर सेभिङ मोड, अल्ट्रा र मल्टीटर्बो गेम मोड, ३२ जीबी मेमोरी कार्ड यस मोवाइलका विशेषता भएको कम्पनीले जनाएको छ । हालका लागि दुई कलरमा उपलव्ध यो मोवाइलको बजार मूल्य १७ हजार ९९९ रुपैयाँ रहेको छ ।

भ्यालेन्टाइनलाई मध्यनजर गर्दै मोवाइलले विशेष अफरसमेत ल्याएको छ । यो विशेष अफर फेबु्रअरी १४ देखि २८ सम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले वाई १२ एस मोबाइल फोनको मूल्य १७ हजार ९ सय ९९ कायम गरेको छ । तर फेब्रुअरी १४ देखि २८ सम्म एक हजार रुपैयाँ तिरेर प्रिबुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार ९९९ मूल्यमा पाउने भएका छन् ।

मोवाइल किन्नेहरुमध्येबाट लक्की ड्रमार्फत तीन जनालाई वाइ १२ एस मोवाइल प्रदान गरिनेछ । यस्तै लक्की ड्रमार्फत १०० जनाले २५ सय रुपैयाँ फिर्ता पाउनेछन् भने पाँचसय जनाले स्क्रीन परिवर्तन गर्न पाउनेछन् । मोवाइलको स्क्रीन टुटफुट भएमा मात्रै परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।

फेब्रुअरी ९ देखि १३ सम्म प्रि-बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोनको खरिदमा एक हजार रुपैयाँ छुट पाउने भएका छन् भने प्रि-बुकिङ गर्ने र पछि खरिद गर्ने गाहकले पनि कम्पनीले घोषणा गरेको बिभिन्न आर्कषक पुरस्कारको बिजेता बन्ने अवसर पाउने व्यवस्था गरेको छ ।

पोखरामा आयोजित ग्राहक तथा विक्रेता भेटघाट कार्यक्रममा मोवाइलबारे जानकारी दिंदै कम्पनीका सिइयो मार्सले २०२० को कोरोनाले सबैलाई समस्या पारेको भन्दै चिन्ता प्रकट गरे । सबैको सहयोगले मोवाइल बजारमा आफ्नो कम्पनी विश्वकै तेस्रो नम्बरमा आउन सफल भएको उनले दावी गरे । सिइयो मार्सका अनुसार भिभो मोवाइल चीन र नेपालमा तेस्रो, भारत, म्यानमार, श्रीलंका लगायतका मुलुकमा १ नम्बर बजार हिस्सा ओगटेको छ ।

आफ्नो कम्पनी चीनमा वर्ष २०२१ मा दोस्रोमा आउने उनको दावी छ । अन्य कम्पनीको तुलनामा आफ्नो कम्पनीका मोवाइलको प्रचारमा कमी पाएको उल्लेख गर्दै उनले वर्ष २०२१ मा बजार प्रवर्द्धनमा आक्रामक र विशेष योजना लिएर आएको बताए ।

सन् १९९५ मा चीनमा स्थापित बीबीके ग्रुप सिडीहरु व्यापार गरेर लोकप्रिय बनेको थियो । यो ग्रुपले २०११ मा भिभोको उत्पादन गरेको थियो । यस ग्रुपमार्फत धेरै ब्राण्डका मोवाइल बजारमा आएको छ । २००९ मा मोवाइल शुरु गरेको भिभोले २०११ म स्मार्ट फोन उत्पादन गरेको कम्पनीले जनाएको छ ।

२०१४ देखि चीन बाहिर मोवाइल लन्च गरेको भिभोले २०१९ मा मात्रै फाइभजी प्रविधि भित्र्याएको थियो । हाल विश्वका ३० मुलुकमा भिभो पुगेको र २०२१ मा ५० देशमा पुर्याउने कम्पनीको लक्ष्य छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here