राष्ट्रिय

मनकारी घरबेटी जस्ले एक महिनाको भाडा मिनाह गरे, घरमै बस्न सबैलाई अनुरोध :समाजसेवी कुँवर(video)

पूर्व ब्रिटिस आर्मि तथा समाजसेवी भूपालजंग कुँवरले आफ्नो घरमा भाडामा बस्नेहरुलाई चैत्र महिनाको भाडा मिनाह गरिदिनुभएको छ ।

पोखरा ३ नदीपुर कन्यामार्गमा बस्नुु हुने कुँवरले कोरोनाभाइरसको संक्रमणबाट जोगिन सरकारले देशभर लकडाउन जारि राखेको बेलामा सबै भन्दा वढि विपन्न वर्ग, ज्याला मजदुरी गर्ने, अर्काको पसलमा काम गर्नेहरु, घर जान नपाएका विद्यार्थी पिडित भएको बताउनु भयो ।

उनिहरुलाई अहिले खानपानको समस्या भईरहेको पाएकोले आफ्नो घरमा भाडामा बसेकाहरुको चैत्र महिनाको भाडा नलिने घोषणा गरेको बताउनु भयो । कुँवरले वैशाख महिनामा पनि यस्तै अवस्था रह्यो भने पुनः मिनाहको सोच बनाएको बताउनु भयो ।

अहिले जताततै कोरोनाको सकस परिरहेको छ । यो बेलामा हामीले सरकार लागु गरेका नीति नियमलाई मनन् गर्ने, बुझ्ने र आफ्नो बानिमा परिवर्तन ल्याउने हो, कुँवरले भन्नुभयो ः“पहिले सावधानि नअपनाउँदा एटाली, अमेरिका, स्पेन, जर्मनी लगायतका देशले ठूलो मानविय क्षेति व्योहोर्नु परेको बताउनु भयो ।

कुँवरले लकडाउनको समयमा सबै आआफ्नो घरमा सुरक्षित भएर बस्न र विदेशबाट कोहि आएको थाहा पाएको खण्डमा स्थानिय जनप्रतिनिधिलाई खबर गरेर उनिहरुको बारेमा जानकारी दिन आफन्त, घर परिवार तथा स्वयंले सघाउन सबैमा आग्रह गर्नुभएको छ ।

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here