राष्ट्रिय

मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट नहोस् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै शाहले देशको अवस्थाबारे चिन्ता व्यक्त गरेका हुन्।

‘जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्टै छ’ शाहद्वारा जारी सन्देशमा भनिएको छ ‘राष्ट्र नायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन्। सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन्।’

Leave a Reply

avatar
  Subscribe  
Notify of

Comment here